सर्लाही — सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा २४ वर्षीय चालकको मृत्यु भएको छ भने कारमा सवार अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–५ का विकल साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा दुर्घटना भएको हो। महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बीआर ०६ बीए एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार दुर्घटना कसरी भयो भन्नेबारे यकिन हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।