• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बोलीमा लगाम नभएका नेता : ओकलिरहन्छन् लैङ्गिक र जातिद्वेषी अभिव्यक्ति 

64x64
धनु विश्वकर्मा सोमबार, फागुन २३, २०७८  ०९:२८
1140x725

काठमाडौं– प्रतिनिधि सभा बैठकले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेपछि पार्टीको धारणा सार्वजनिक गर्न फागुन १७ गते नेकपा (एमाले)ले पत्रकार सम्मेलन आयोजना गरेको थियो। त्यो पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले देउवा सरकारबारे भनेका थिए- ‘यसको जन्म हुनुपर्ने ठाउँमा नभएर अवैध गर्भाधानबाट झाडीमा जन्म भएको सरकार हो।’

यस्तो अभिव्यक्ति दिने ओली एक्ला एमाले नेता होइनन्। एमालेको १०औँ महाधिवेशनको सन्दर्भमा सचिव योगेश भट्टराईले गएको कात्तिक १७ आयोजित पत्रकार सम्मेलनमा पनि ‘अवैध गर्भधारण’ शब्द प्रयोग गरेका थिए। महाधिवेशनमा अन्य दललाई बोलाउने सन्दर्भमा उनले भनेका थिए- ‘कतिपय राजनीतिक पार्टी अवैध गर्भधारणबाट बनेका छन्। त्यस्ता पार्टीलाई बोलाउन आवश्यक छैन। पहिचान भएका पार्टीलाई आमन्त्रण गरिन्छ।’

गर्भाधान र जन्म प्राकृतिक प्रक्रिया हुन्। महिलाको गर्भ ‘वैध’ वा ‘अवैध’ नहुने अधिकारीवादीहरू बताउँछन्। रत्नराज्यलक्ष्मी क्याम्पसकी उपप्रध्यापक तथा कवि विन्दु शर्मा पितृसत्तावादी सोच र उच्च जातीय अहंकारका कारण नेताहरूबाट यस्ता अभिव्यक्ति आइरहने बताउँछिन्। शब्द र पदावली प्रयोगमा असंवेदनशील हुने नेताबाट विभिन्न वर्ग, जाति, समुदाय र लिंगप्रति विभेदकारी व्यवहार हुने गरेको उनको भनाइ छ।

केही दिनअघि एमाले सचिव विष्णु रिमालले ट्विट गरेर एमालेकै अर्का नेता भीम रावललाई लक्षित गर्दै ‘शिखण्डी’को संज्ञा दिएका थिए। शिखण्डी महाभारतका एक पात्र हुन्, जो स्त्रीका रूपमा जन्मिएका थिए र पछि लिङ्ग परिवर्तन गरेर पुरुष भएका थिए। यो शब्द तेस्रो लिंगी समुदायलाई गाली गर्नलाई प्रयोग गरिन्छ।

यस्ता शब्द प्रयोग गर्नेमा एमालेका मात्र नभइ अन्य दलका शीर्ष नेता पनि अगाडि नै छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आक्रोशित बनेका तत्कालीन नेकपा नेता माधवकुमार नेपालले प्राइम टाइम टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा केपी ओलीले ‘मै मरे डुमै राजा’ प्रवृत्ति देखाएको बताएका थिए।

उनको यो टिप्पणीले दलित तथा उत्पीडित समुदायलाई होच्याएको भनेर आलोचना पनि भएको थियो। तत्कालीन नेकपाकै कार्यकर्ताले समेत उनको भनाइप्रति आपत्ति जनाएका थिए। चौतर्फी आलोचना भएपछि उनले माफी मागेका थिए।

एक अन्तर्वार्ताका क्रममा एमालेकी तत्कालीन सांसद कोमल वलीले पनि तीन वर्षअघि ‘मरेपछि डुमै राजा’ उखान प्रयोग गरेकी थिइन्। कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले दलित समुदायलाई चोट पुग्ने उखान प्रयोग गरेपछि व्यापक आलोचना भएको थियो। त्यसपछि उनले पनि माफी मागेकी थिइन्।

लेखक तथा स्तम्भकार राजेन्द्र महर्जन आफूले बोकेको सिद्धान्तबाट विचलित भएपछि र जुन समुदायका लागि संघर्ष गरेको हो, त्यो अतीत भुलेपछि यस्ता शब्द र पदावली प्रयोग हुने बताउँछन्। ‘उनीहरूले दिने अभिव्यक्तिबाट नेताहरू असंवेदनशील छन् भन्ने देखिन्छ,’ महर्जनले भने, ‘राजनीतिक दलका नेता महिला, दलित र उत्पीडीत समुदायका पक्षमा छैनन् र उनीहरू ती समुदायप्रति विभेदकारी सोच राख्छन् भन्ने उनीहरूका अभिव्यक्तिबाट स्पष्ट हुन्छ। कसैप्रति असहमति जनाउँदा कुनै समुदायलाई होच्याउन लोकतन्त्र ल्याइएको होइन।’

Ncell 2
Ncell 2
nimb
nimb

नेताहरूको अभिव्यक्ति पितृसत्ता र 'ब्राह्मणवादको नमूना' भएको पनि उनले बताए। सयौँ वर्षदेखि विभेदकारी शब्द बोल्ने र त्यस्तै व्यवहार गर्नेहरू अझै परिवर्तन हुन नसकेको उनको भनाइ छ।

राजनीतिक दलका नेताहरू मानसिक रूपमा रोगी भएका व्यक्तिप्रति पनि असंवेदनशील हुने गरेका छन्। गएको फागुन १७ गतेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै ‘अवैध गर्भधानबाट जन्मेको’ बताएपछि एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले ओलीलाई ‘मानसिक सन्तुलन ठीक नभएको’ आरोप लगाए। एकीकृत समाजवादीद्वारा त्यही दिन आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले ओलीप्रति लक्षित गर्दै भनेका थिए, ‘दिमाग बिग्रिसकेपछि मान्छे असन्तुलित हुन पुग्छ र असन्तुलित दिमागको उपजको रुपमा त्यस्ता असंवेदनशील भनाइ आउँछन्।’ 

तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेको घटनालाई लिएर नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले संसदमै ओलीविरुद्ध ‘मानसिक सन्तुलन बिग्रिएको’ टिप्पणी गरेका थिए। तर, एमाले प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरेपछि उक्त शब्द संसदको रेकर्डबाट हटाइएको थियो।

यस्तै कांग्रेस सांसद रमेशजंग रायमाझीले पनि प्रतिनिधि सभा विघटनबारे राष्ट्रिय सभामा बोल्दै ‘केपी ओलीको मानसिक सन्तुलन ठीक अवस्थामा नरहेको’ बताएका थिए। उनले संसद विघटनलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई लिएर समेत सबै महिलामाथि प्रश्न उठाउने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘महिलाहरू असक्षम भएका हुन् भन्ने प्रश्न उठाउने गरी राष्ट्रपतिको भूमिका बनेको छ।’

पत्रकार केदार शर्मा कुनै समुदाय, वर्ग, जाति वा लिंगमाथि विभेदजन्य भाषा प्रयोग हुनु खेदजनक रहेको बताउँछन्। ‘यस्ता खालको शब्द अन्तर्राष्ट्रिय स्तरमा पनि प्रयोग भएको पाइन्छ। अमेरीकाका राष्ट्रपति जो बाइडेनले फक्स च्यानलका संवाददातालाई स्टुपिड सन अफ बिच (मुर्ख कुकुर्नीको छोरा) भनेका थिए,’ शर्माले भने। 

यस्ता अस्वाभाविक गालीलाई निराकरण गर्न सामाजिक रूपमा सचेत भएर बानी सुधार्ने उपायभन्दा अरु नभएको शर्मा बताउँछन्। ‘अवैध गर्भाधान वा वैध गर्भाधान भन्ने अधिकार कसैलाई छैन। नेपालको कानुनमा नै बिहे नगरी सन्तान पाउने अधिकार छ,’ उनी भन्छन्, ‘शिखण्डी, मानसिक असन्तुलन बिग्रेको जस्ता आरोप वा अन्य जातीद्वेषी उखान टुक्का अब भनिनु हुँदैन।’

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उपप्रध्यापक डा. निती अर्याल खनाल राजनीतिक दलका नेता आममानिसभन्दा फरक हुन नसक्दा समस्या आएको बताउँछिन्। उनी भन्छिन्, ‘राजनीतिक दलका नेता र सार्वजनिक पदमा बहाल मान्छेले असंवेदनशील र अपाच्य शब्द प्रयोग गर्दा त्यसले हिंसा बढाउने काम मात्र गर्छ। यस्ता अभिव्यक्ति पनि हिंसात्मक सोचको उपज हुन्।’ 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? अधिकारीले संविधान संशोधन संविधान समाप्त गर्ने प्रक्रिया नभई समयअनुसार त्यसलाई परिमार्जन र अझ स्वीकार्य बनाउने माध्यम भएको बताए । ‘सं... शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शाहीले संविधान जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने दस्तावेज बन्नुपर्ने भन्दै रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य र राजनीतिक स्थिरता... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्