काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ।
दर्ताका लागिनेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा र र सदस्य चिरञ्जीवी ढकाललगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन्।
दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिए।
‘तीन वटा विकल्प लिएर अयोगमा जाँदैछौँ। हामीले कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छौँ। आयोगका पदाधिकारीसँग पनि छलफल गर्दै छौँ। नामको सम्बन्धमा अन्य विकल्पबारे पनि छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको छैन। आयोगका कुन कुन दल दर्ता भएका छन्। कुन कुन प्रक्रियामा छन्, ती सबै अध्ययन गरेर मात्र पार्टी दर्ता गर्ने तयारी गरेका छौँ। सकेसम्म पार्टीको नाम पछाडि फुर्को नजोड्ने गरी राख्छौँ। चुनाव चिन्हबारे पनि निष्कर्षमा पुगेको छैन’, उनले भने।
ढकालले आयोगमा बुझाउन १५ सय जनाको हस्ताक्षर र विधान तयार पारिएको तथा नपुगेको बाँकी दस्ताबेज पछि उपलब्ध गराउने बताए।
संसदीय निर्वाचनमा भाग लिने आधिकारिक निर्णय गरेको नेकपाले २०८१ चैत १९ गते आयोगमा दल दर्ताका लागि अध्ययन गर्न बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।
निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।