काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन्।
दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन्।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ ना राख्न प्रस्ताव गरेका हुन्।
आफूहरूले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए।
उनले भने, ‘निर्वाचनको लागि हाम्रो लागि नयाँ अभ्यास हो। नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित हामी आएका हौँ। जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने विधि निर्वाचन भएकाले हामी आएका हौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।