• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

नेपाल सुपर लिग विवाद: घरेलु फुटबलमा अर्को ‘शीतयुद्ध’

64x64
दीप सुवेदी बिहीबार, फागुन १९, २०७८  २१:०१
1140x725

काठमाडौं– नेपालको घरेलु फुटबल प्रत्यासित र अप्रत्यासित रुपमा अस्थिर भइरहन्छ। अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र बेलाबेला देखिने आन्तरिक द्वन्द्व र ‘ए’ डिभिजन लिगका ठूला क्लबमा एन्फा पदाधिकारीहरुकै लगानीले नेपाली फुटबल क्षेत्रलाई धमिलो बनाउने गरेको छ। यसबाट घरेलु प्रतियोगिताको क्यालेन्डर त प्रभावित भएकै छ, फुटबलमा लगानी गर्नेलाई समेत हतोत्साही बनाइरहेको छ।

यसकै एक उदाहरण हो– यस वर्षको सुरुआतमा जन्मिएको नेपाल सुपर लिग (एनएसएल)। गत साता घरेलु फुटबलमा आधा शताब्दीभन्दा लामो समय पार गरिसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएसँगै नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम)ले दोस्रो संस्करणको एनएसएलको तयारी तीव्र बनाएको थियो। 

कोरोना कालमा ‘ए’ डिभिजन लिग नहुँदासमेत एनएसइएमले बन्द रंगशालमा लिग आयोजना गरेर घाटाघाटाको व्यापार मात्र गरेन, 'मन भए नेपाली फुटबललाई जस्तोसुकै स्थितिमा समेत माथि उकास्न सकिन्छ है' भन्ने उदाहरण पनि दियो। एनएसएलका लागि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले हौसलासँगै मैदान पनि दिए। त्यति मात्र नभइ शेर्पाले सहयोगका लागि हात समेत अगाडि बढाए। जसका कारण नेपाली फुटबलमा विवादका बाबजुद एन्फाकै लिगलाई चुनौती दिनेगरी निजी र व्यावसायिक घरानाले प्रवेश पाए।

तर, यसपटक एनएसइएमले लिगको तयारीसँगै प्रशिक्षक र मार्की खेलाडीमाथि लगानी गरेपश्चात् अन्तिम समयमा उनै शेर्पा नेतृत्वको एन्फाले हात झिकिदिँदा एनएसएलको क्यालेन्डर प्रभावित मात्रै बनेको छैन, नेपाली घरेलु फुटबलमा 'शीतयुद्ध' नै सुरु भएको छ। 

हुन त दोस्रो संस्करणको एनएसएलको मिति घोषणा हुँदादेखि नै शीतयुद्ध सुरु भइसकेको थियो। एनएसइएमले प्रतियोगिताको लागि घोषणा गरेको मिति एन्फाले यसअघि आफैंले सार्वजनिक गरेको क्यालेन्डर र राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बनाएको योजनासँग जुध्न पुगेको थियो। तर, एन्फाले बेलैमा आफ्नो क्यालेन्डर र एनएसएलको मिति र शैलीमा ध्यान नदिँदा यो युद्धले उग्ररुप लिने संकेत देखिएको छ। 

आफूले नै उब्जाएको शीतयुद्धमा एन्फा मौन बस्दा ‘ए’ डिभिजनका आठ क्लब (मछिन्द्र, संकटा क्लब, न्यूरोड टिम, सातदोबाटो युथ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स) तानिकाएका छन्। यी आठै क्लबले गत आइतबार धमाधम एनएसएलले मार्की खेलाडी र प्रशिक्षकहरू नियुक्त गरेर गोल्डकप खेल्ने तयारीमा रहेका खेलाडीलाई प्रभावित बनाइरहेको भन्दै संयुक्त प्रेस विज्ञप्तिमार्फत् एनएसइएमलाई सचेत गराइदिन आग्रह गरेका थिए। 

आठ क्लबमध्ये तीन क्लब आगामी २६ चैतदेखि बुढासुब्बा गोल्डकपमा सहभागी हुँदैछन्, बाँकी क्लब आज (बिहीबार)देखि सुरु भएको खप्तड गोल्डकपमा सहभागी भए। यसबाहेक तिलोत्तमा, हेटौंडा र झापा गोल्डकपमा पनि सहभागी हुँदैछन्। यी गोल्डकपमा सहभागी हुन खेलाडीसँग गरेको सम्झौता अझै २ महिनाभन्दा बढी समय बाँकी नै छ, कसैसँग दुई वर्ष।

तर, कानुनी प्रकिया पूरा गरेर भित्र्याएको खेलाडीसँग सम्झौता बाँकी रहँदै एनएसइएमका फ्रेन्चाइजी टोलीले आफूखुसी खेलाडी र प्रशिक्षक अनुबन्ध गरेर फुटबल विकासमा लगानी गर्दै आइरहेका क्लबहरुको भविष्यलाई कुठाराघात गर्ने प्रयास गरिरहेको ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका उपाध्यक्ष र म्यानेजर समेत रहेका अनिल श्रेष्ठ बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘हामी फुटबल विरोधी होइनौं। तर, एन्फा र मोफसलको क्यालेन्डरलाई योजना बनाएर कानुनी रुपमै भित्र्याएको खेलाडीहरु भटाभट क्लबलाई नै नसोधी अन्य क्लबमा लैजानु गौरकानुनी मात्रै होइन, हामीलाई पेलेर जाने नियत पनि हो,’ उनले नेपाल लाइभसँग भने,‘यसरी नै चल्दै गए फुटबल विकासमा गरेको लगानीलाई समेत असर गर्छ।’

हुन त ए डिभिजन आधिकारिक लिग हो। यसले कन्टिनेन्टल कप, पहिले एएफसी प्रेसिडेन्ट्स कप (अहिले एएफसी कप) को लागि समेत मान्यता पाएको छ। एनएसएल फ्रेन्चाइज लिग हो। यसले अन्य विदेशी प्रतियोगिताका लागि आधिकारिकता पाउँदैन। तर, भारतीय दुई लिग: आई–लिग र इण्डियन सुपर लिगबीचको द्वन्द्व जस्तै खतरा निम्त्याउने सक्ने भएका कारण एनएसएललाई लिएर एन्फालाई पहिला नै फुटबल विश्लेशकहरुले 'सचेत' गराएका थिए।

तर, एन्फाका अध्यक्ष शेर्पाले आफ्नो असफलतालाई ढाकछोप गर्न सल्लाह नै नगरी लिग सञ्चालन स्वीकृति दिएको एन्फाकै पदाधिकारीको बताउँछन्। जससँगै ‘ए’ डिभिजनका क्लबमाथिको लगानीमा समेत जोखिम बढेको थियो। अहिले त्यही कारणले एनएसएल शेर्पालाई ‘निल्नु न ओकाल्नु’ मात्रै भएको छैन, उनी आफैं विज्ञप्ति निकाल्न समेत बाध्य भएका छन्। 

तर, उनी यो कुरा स्वीकार गर्न चाहँदैनन्। प्रशिक्षक अल्मुताइरी विवादमा मुछिएपछि मिडियामा नबोल्ने ‘अडान’ लिएका कारण उनले यसको आधिकारीक धारणा सार्वजनिक गर्ने जिम्मेवारी भने महासचिव इन्द्रमान तुलाधारलाई दिएका छन्।

‘रेडिमेट’ जवाफ बनाएर बसेका तुलाधर भने चैतको १९ गतेसम्ममात्र गोल्डकपलाई अनुमति दिएको र एनएसएललाई प्रभाव नपार्ने बताउँछन्। 

‘हामीले एनएसएललाई असर गर्नेगरी गोल्डकपको स्वीकृति दिएको छैन। चैतको १९ गतेसम्म मात्र अनुमति दिएका थियौं। आज (बिहीबार)बाट सुरु हुने गोल्डकपमा केही क्लब सहभागी हुनेछन्,’ उनले नेपाल लाइभसँग भने। 

तर, उनको यो कुरामा आठ क्लब भने आश्वस्त हुन सकेनन्। उनीहरुले शुक्रबार एनइएसएमले सोल्टी होटलमा बिहान १० बजे राखेको अक्सनभन्दा पहिला सबै समस्या समाधान हुनुपर्ने अडान राखेपछि एन्फका पदाधिकारी झुक्न बाध्य भए। 

एन्फाका पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच बसेको बैठकले शुक्रबार तय भएको अक्सन स्थगित गर्न एनएसएल आयोजकलाई पत्र काट्ने निर्णय गरेको छ। ‘क्लबहरुले अक्सनभन्दा पहिला सबै समस्या समाधान हुनुपर्ने अडान राखेका थिए। हामीले अध्यक्षज्युलाई फोन गरेर उहाँकै अनुमतिमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा बैठक बसेर निर्णय गरेका हौं,’ तुलाधरले भने।

हुन त गत चैतमा लिग थिएन, खेलाडी खालि नै थिए। यसका साथै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्यालेन्डर केही नै थिएन। त्यसैले खेलाडीलाई एनएसएलमा सहभागी हुन सबै क्लबले अनुमति दिएका थिए। तर, अहिले अवस्था फरक छ। अन्तर्राष्ट्रिय खेल क्यालेन्डर छ, मोफसलका लिगहरु छन्। यस्तो बेलामा एनएसइएमले ‘ए’ डिभिजन लिगलाई पेलेरै जाने नियत देखाएको लिग कमिटी प्रमुख विज्ञानराज शर्मा आरोप लगाउँछन्।

‘एनएसएलका लागि खेलाडीको सूची निकाल्नुअघि विवाद नहुने अवस्थाको ग्यारेन्टी नगर्नुमा एन्फा र सम्बन्धित क्लबहरुसँग कुरा नगरी फ्रेन्चाइज लिगको तयारी गर्नुमा एनएसइएमको कमजोरी हो,’ शर्माले भने,‘अब सम्बन्धित क्लबबाट रिलिजको प्रक्रिया सुरु हुन्छ। क्लबले रिलिज नगरे खेल्दैन।’

तर, एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदीप शर्मा भने यो कुरा स्वीकार गर्न चाहँदैनन्। उनी एनएसएल विन्डोको विषयमा एन्फाले चैत १५ देखि आयोजनाको अनुमति दिएको दाबी गर्छन्।

‘अन्य क्लबहरूलाई मर्का नपर्ने र खेलाडी पनि उपलब्ध हुने भन्ने मध्यमार्गबाट नै एन्फासँग सल्लाह गरेर नै यो मिति तोकेका हौं,’ उनले भने, ‘ हामीलाई एन्फाले मौखिक रूपमा चैत १५ देखि एनएसएलका लागि समय दिएको हो। लिखित चाहिँ भएको थिएन। उहाँहरुले पत्र काटेका छौं भन्नुभएको छ, हात परेपछि निर्णय गर्छौं।’ 

कुनै फुटबल प्रतियोगिता आयोजना गर्दा एन्फासँगै उनले लिखित सहमती लिनुपर्ने हो। तर, मौखिको भरमा गोट्टी चाल्दा पहिलो संस्करणमा यसको जगमाथि नै प्रश्न उठेको थियो। दोस्रो संस्करणअघि पनि यसको जग थप कमजोरी देखिएको छ। बिहीबार बसेको एन्फा बैठकले यसलाई कमजोर मात्रै बनाएको छैन, थप धरासायी बनाएको छ।

एन्फाले तत्कालको लागि अक्सन रोके पनि कालान्तरमा अल्मताइरीको योजनामा थप समस्या पार्न सक्ने देखिन्छ। २०२६ मा हुने एसियन कप छनोटको तेस्रो चरणका लागि नेपाली राष्ट्रिय टोलीले ८, ११ र १४ जुन (जेष्ठ अन्तिम सातासम्म)मा प्रतिस्पर्धा गर्दैछ। इन्डोनेसिया, जोर्डन र कुवेतजस्ता आफूभन्दा बलिया टोलीसँग एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नुपर्ने हुनाले शारीरिक रुपमा सुदृढ हुन उनले मैत्रीपूर्ण खेल खेलाउने योजना बनाएका छन्। 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पनि प्रयास एन्फाले गरिरहेको छ। यस्तोमा एनएसएलले भने राष्ट्रिय टोलीको प्रशिक्षणमा प्रत्यक्ष असर पर्ने देखिन्छ। 

अब एन्फासँग तीन विकल्प छन्–ए डिभिजन क्लबको सम्झौतामा रहेका खेलाडीलाई एनएसएल सहभागी नगराउने, एनएसएलमा आवद्द खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागी नगराउने र एनएसएलको मिति नै पर सार्ने। एन्फाले असारपछि लिग सारेको खण्डमा भने क्लबलाई र अल्मुताइरीलाई कुनै आपत्ति रहँदैन। तर, पेलेरै गए चारैलाई समस्या पर्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  २१:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्