• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

तरकारीमध्ये अदुवाको निर्यात सबैभन्दा धेरै, तर किसान पाउँदैनन् उचित मूल्य

64x64
डुक्पा छिरिङ मोक्तान मंगलबार, फागुन २४, २०७८  ०७:१०
1140x725

काठमाडौं– नेपालमा उत्पादन हुने तरकारी वा तरकारीजन्य मसलामध्ये सबैभन्दा बढी अदुवाको निर्यात हुन्छ। तर, अदुवा किसानले उचित मूल्य पाउने गरेका छैनन्। 

पछिल्लो साढे पाँच वर्षमा नेपालबाट दुई अर्ब ६४ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ। जबकि, त्यही अवधिमा ७५ करोड चार लाख २६ हजार रुपैयाँ बराबरको अदुवा आयात भएको छ। नेपालबाट निर्यात हुने अदुवाको ९८ प्रतिशत हिस्सा भारत जान्छ।

पछिल्लो समय भने युरोपियन देश र अमेरिका पनि निर्यात हुन थालेको छ। तर, व्यापारीले समयमा नै अदुवा नउठाउँदा कुहिने डरका कारण किसान सस्तैमा बेच्न बाध्य छन्। उचित मूल्य नपाउँदा पाल्पा, गुल्मी, स्याङजाका किसानले बारीको अदुवा बेच्न सकेका छैनन्। 

व्यापारी समयमा नै खरिदका लागि नआउँदा अदुवा प्रतिक केजी २५ रुपैयाँका दरले पैँचो पसललाई दिन बाध्य भएको गुल्मीदरबार गाउँपालिका–४ का किसान नवीनकुमार रिजालले बताए। अदुवा बिक्री नहुँदा घरखर्च जुटाउन पनि समस्या भएको उनको भनाइ छ। उनले भने, ‘यो वर्ष व्यापारी आएका छैनन्, त्यसैले अदुवा बेच्न सकिएको छैन। व्यापारीको सिन्डिकेटले अदुवा सस्तोमा बेच्नु परेको छ।’

उनले गत वर्ष १० क्विन्टल अदुवा उत्पादन गरेका थिए। अदुवाको भाउ पनि राम्रै थियो। उनले प्रतिकेजी ६० रुपैंयाभन्दा माथिको मूल्यमा बेचेका थिए। बीउ अदुवा भने प्रतिकेजी २०० रुपैयाँमा बेचेको उनले बताए।

राम्रो आम्दानी हुने देखेर उनले तीन वर्षदेखि अदुवा खेती गरिरहेका छन्। तर, यो वर्ष व्यापारी नआउँदा सस्तोमा नै अदुवा बेच्न बाध्य भएको बताए। ‘अर्को वर्षबाट अदुवा खेती गर्न सकिँदैन, तर के खेती गर्ने हो थाहा छैन,’ उनले भने।

गल्याङ नगरपालिका स्याङका किसान अग्नि न्यौपानेले अदुवा र बेसार खेती गर्न थालेको तीन वर्ष भयो। अरु बाली लगाउँदा प्रशस्त पानी चाहिने र बाँदरले पनि खाइदिने हुँदा उनले अदुवा र बेसार खेती गरेका हुन्। वार्षिक ५० क्विन्टल अदुवा उत्पादन गर्छन्। तर, यो वर्ष अदुवा लिन व्यापारी नआएकाले बारीमा कुहिने अवस्था आएको उनले बताए। ‘अदुवा जस्तो ठाउँमा पनि हुन्छ, खेती गर्न सजिलो छ। तर, अहिले उचित मूल्य नपाउँदा दुख लागेको छ,’ उनले भने।

गत वर्ष र यो वर्ष भारतमा प्रशस्त अदुवा उत्पादन भएका कारण नेपाली किसानले उचित मूल्य नपाएको नेपाल अदुवा उत्पादन संघका महासचिव हेमन्तराज बोहोराले बताए। तर, भारतका भन्दा नेपालका किसानले अदुवाको राम्रो मूल्य पाएको उनको भनाइ छ। अहिले भारतमा प्रतिकेजी ९/१० रुपैयाँ रहेको, तर नेपालमा २२ देखि २४ रुपैयाँमा बिक्री भइरहेको उनले बताए। ‘भारतमा उत्पादन भएको अदुवा सकिएपछि मात्र नेपालबाट त्यता अदुवा जाने हो,’ उनले भने, ‘यो वर्ष भारतमा नै धेरै अदुवा उत्पादन भएका कारण ढिलो गरी मात्र निर्यात हुने भएको छ। त्यसैले व्यापारीले अदुवा नउठाएका हुन्।’

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार नेपालबाट भारतसहित बंगलादेश, युएई, थाइल्यान्ड, चिली, जापान, फ्रान्स, स्विजरल्यान्ड, युक्रेन, अमेरिका, पास्तिान र जर्मनीमा अदुवा निर्यात हुने गरेको छ। भारतबाहेकका देशमा नगन्य मात्र निर्यात हुन्छ।

नेपालमा बेमौसममा भने विदेशबाट अदुवा आयात पनि हुने गरेको छ। विशेषगरी माघदेखि चैतसम्म नेपालमा अदुवा उत्पादन हुन्छ। तर, भण्डारण नहुँदा अन्य समयमा अदुवा आयात हुने गरेको छ। नेपालमा म्यानमार, युएई, जर्मनी, बेलायत र चीनबाट अदुवा आयात हुन्छ। 

साढे पाँच वर्षमा ७५ करोडको अदुवा आयात  
आन्तरिक उत्पादन भण्डारणको व्यवस्था नहुँदा बेमौसममा नेपाली उपभोक्ताले विदेशी अदुवामा निर्भर हुनुपर्छ। स्वदेशी किसानले पनि उचित मूल्य पाउँदैनन्। नेपालमा वार्षिक १७ करोड रुपैयाँभन्दा बढीको अदुवा आयात हुँदै आएको छ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्ष सात महिनामा ७५ करोड चार लाख २६ हजार रुपैयाँ बराबरको अदुवा आयात भएको छ। चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा ९ करोड ४५ लाख ८ हजारको अदुवा आयात भइसकेको छ।

Xtrem

Xtrem

आन्तरिक उत्पादनले बजार धान्न सक्ने अवस्था भएकोले अदुवाको आयातमा सरकारले रोक लगाउनु पर्ने पाल्पाका अदुवा किसान कृषप्रसाद घिमिरेले बताए। अदुवा आयातमा रोक लगाएर नेपाली उत्पादनलाई उच्चित मूल्य निर्धाण गर्नुपर्ने उनको भनाइ छ।

तर, नेपालमा एउटा मौसममा मात्र आदुवा खेती हुँदा भारतबाट आयात गर्नु परेको अदुवा उत्पादन संघका महासचिव बोहोराले बताए। बेमौसमका लागि प्रायः भारत र चीनबाट अदुवा आयात हुँदै आएको उनको भनाइ छ। सस्तो मूल्य र उच्च गुणस्तरको भएकाले नेपालमा भारतबाट हुने अदुवा आयात बढ्दै गएको उनको दाबी छ। ‘नेपालमा किसानले उत्पादन गरेको अदुवा भण्डारण गर्ने ठाउँ छैन। लामो समय त्यतिकै राख्न सकिँदैन,’ उनले भने, ‘किसानलाई पनि तुरुन्त पैसाको आवश्यकता हुन्छ, त्यसैले बिक्री गरिहाल्छन्। अनि बेमौसममा आयात गर्नुको विकल्प छैन।’

आर्थिक वर्ष आयात (रुपैयाँमा) निर्यात (रुपैयाँमा) राजश्व (रुपैयाँमा)
२०७३/७४  १५ करोड ९७ लाख ९३ हजार २४ करोड १७ लाख ४९ हजार १ करोड ३० लाख दुई हजार
२०७४/७५   आठ करोड ७६ लाख ३९ हजार ७७  करोड १३ लाख ३० हजार १६ लाख २३ हजार 
२०७५/७६ ११ करोड ३० लाख ८५ हजार ५१ करोड २६ लाख ७३ हजार  ५० लाख ६० हजार
२०७६/७७ ११ करोड ९६ लाख ८७ हजार ४३ करोड ५७ लाख ७७ हजार ९८ लाख ४४ लाख
२०७७/७८ १७ करोड ५७ लाख १४ हजार ४४ करोड ८३ लाख ६३ हजार ४७ लाख ३० हजार
चालु आव ९ करोड ४५ लाख ८ हजार २५ करोड ६८ लाख ७४ हजार ४१ लाख ५१ हजार
जम्मा ७५ करोड चार लाख २६ हजार दुई अर्ब ६४ करोड ६७ लाख ६८ हजार  तीन करोड ४४ लाख १० हजार

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र  अन्तर्गत चालु आर्थिक वर्षमा दुई स्थानीय तहमा अदुवा खेतीका लागि २५ लाख रुपैयाँ अनुदान दिइएको छ। नवलपरासीको बुलङ्गटार गाउँपालिकाका लागि १० लाख र तनहुँको भिमाद नगरपालिकाका लागि १५ लाख रुपैयाँ दिइएको हो। केन्द्रका अनुसार नेपालमा विषेशगरी इलाम, पाँचथर, उदयपुर, भोजपुर, धनकुटा, स्याङजा, गुल्मी, पाल्पा लगायत जिल्लामा अदुवा खेती हुन्छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पनि चालु आर्थिक वर्षमा अदुवा र बेसार खेती कार्यक्रम संचालन गरिएको छ। यो परियोजनाअन्तर्गत निम्न जिल्लामा कार्यक्रम संचालनमा छः

जिल्ला     क्षेत्रफल (हेक्टरमा)     बजेट (रु. लाखमा)
उदयपुर ५९८ १३.३८
पाल्पा ५५६ २६.६६
सल्यान     ४९७ ५.५२
सूर्खेत     ७४५ ३८.३
डोटी      ५०० २९.०५
सिन्धुली      ५०० ५५.४
सोलुखुम्बु      २६० १३.३१
जम्मा      ३०५८ १६८.३१

स्रोतः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना 

चालु आर्थिक वर्षमा अदुवा र बेसार तीन हजार ५८ हेक्टर क्षेत्रफलमा खेती कार्यक्रम सञ्चालन गरिएको छ। सरकारले सात जिल्लामा अदुवा र बेसार खेती कार्यक्रमको लागि एक करोड ६८ लाख ३१ हजार रुपैंया बजेट विनियोजन गरिएको छ।

बेसारको आयत बढ्यो
भारत, बंगलादेश, म्यानमार, सिंगापुर, इथियोपिया, पाकिस्तान, इन्डोनेसिया, चीनबाट बेसार आयात हुने गरेको छ। पछिल्लो पाँच वर्ष सात महिनामा एक अर्ब ७२ करोड १६ लाख २६ हजार रुपैयाँ बराबरको बेसार आयात भएको छ। त्यही अवधिमा एक करोड ५४ लाख ४४ हजार रुपैयाँ बराबरको बेसार निर्यात भएको छ। 

आर्थिक वर्ष २०७३/७४ मा ८५ लाख १३ हजार बराबरको बेसार निर्यात हुँदा एक करोड ६७ लाख सात हजार रुपैयाँ बराबरको आयात भएको छ। आर्थिक वर्ष २०७४/७५ मा ३७ लाख ३६ हजार रुपैयाँ बराबरको निर्यात हुँदा १६ करोड ७६ लाख ६६ हजार रुपैयाँ बराबरको आयात भएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ६ लाख ८१ हजार रुपैयाँ बराबरको बेसार निर्यात हुँदा २६ करोड १९ लाख ६९ हजार रुपैंया बराबरको आयात भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा भने ३० हजार रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ। त्यही अवधिमा ४९ करोड ६२ लाख ५६ हजार बराबरको अदुवा आयात भएको छ। गत आर्थिक वर्षमा ५२ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको आयात हुँदा निर्यात शून्य छ। चालु आर्थिक वर्षमा २४ लाख ८४ रुपैयाँ बराबरको बेसार निर्यात भएको छ भने २४ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको छ। 

बेसारको राम्रो खेती नहुँदा ठूलो परिमाणमा भारतबाट आयात गर्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकार हिक्मतकुमार श्रेष्ठले बताए। किसानले बेसारभन्दा अदुवा खेती गर्न रुचाउँछन्। त्यसैले नेपालमा अदुवाभन्दा बढी बेसार आयात हुने गरेको उनले बताए। 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्