• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी अनुमोदन गर्ने १४ बुँदे ‘व्याख्यात्मक घोषणा’ : प्रश्न उठेका विषयलाई यसरी गरिँदैछ सम्बोधन 

64x64
डिबी खड्का आइतबार, फागुन १५, २०७८  ११:०७
1140x725

काठमाडौं- सत्तारुढ गठबन्धनका दलहरुले अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्न प्रतिनिधि सभामा पूरक प्रस्ताव लैजाने तयारी गरेका छन्। पूरक प्रस्तावको अनुसूचीमा अस्पष्ट रहेका बुँदामा व्याख्यात्मक घोषणा (इन्टरप्रिटेटिभ डिक्लेरेसन) हुनेछ।  शनिबार राति १४ बुँदाको व्याख्यात्मक घोषणाको मस्यौदालाई अन्तिम रुप दिइएको छ। 

त्यही मस्यौदाअनुसार नेकपा माओवादी केन्द्रले पूरक प्रस्तावसहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ।  प्रतिनिधि सभा, नियमावली २०७५ को परिच्छेद १३ को नियम ८३ (१) (ग) को अधिनमा रही सार्वजनिक महत्त्वको विषयमा संकल्प प्रस्तावसहित उक्त घोषणा पेश  गरिनेछ।

शनिबार राति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले 'फाइनल' गरेको उक्त मस्यौदामार्फत् घोषणामा भनिनेछ- 'यस संघीय संसद्को प्रतिनिधि सभा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (यसपछि 'कम्प्याक्ट' भनि सम्बोधित)का सम्बन्धमा देहाय बमोजिमको व्याख्यात्मक घोषणा जारी गरी यस व्याख्यात्मक घोषणा कम्प्याक्टको अभिन्न अंग रहेको घोषणा गर्दछ।'

यसका लागि सुरुमा ११ बुँदे, त्यसपछि अर्को १४ बुँदे व्याख्यात्मक घोषणा तयार भएको थियो। सुरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले तयार पारेको घोषणालाई पछि परराष्ट्र मन्त्रालयले सन्धीको ढाँचामा तयार पारेको थियो। त्यसलाई पनि फेरि नेपाली कांग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, शहरी विकास मन्त्री तथा एकीकृत समाजवादी सचिव रामकुमारी झाँक्री र कानुनविज्ञ गोविन्द बन्दीलगायतले थप छलफल गरेका थिए। 

यो पनि पढ्नुहोस्

एमसीसी स्वीकार्न सत्ता गठबन्धनमा नयाँ छलफल, सम्झौतासँगै संसद्‌बाट ‘व्याख्यात्मक घोषणा’ पास गर्ने तयारीमंगलबार, फागुन १०, २०७८

त्यसपछि उक्त समूहले पालैपालो शीर्ष नेतालाई भेटेर छलफल गरेको थियो। उक्त घोषणामा दलहरुको बुझाइ, केही समयअघि एमसीसीलाई गरिएको प्रश्नमा आएका उत्तर र प्रष्ट नभएका बुँदा छन्। नेपाली र अंग्रेजी गरी दुवै भाषामा घोषणा तयार गरिएको छ। 

एमसीसी सम्झौतासँगै उक्त घोषणा आइतबार संसद्‌मा लैजाने तयारी छ। शुक्रबार र शनिबार गरी तयार पारेको घोषणाको मस्यौदामा केही बुँदामा अझै हेरफेर हुनसक्ने बताइएको छ। 

यसरी स्पष्ट पारिँदैछ अस्पष्ट बुँदालाई
एमससी सम्झौता हुनेबित्तिकै नेपाल अमेरिकी इन्डो–प्यासिफिक (सैन्य) रणनीतिलगायत सैन्य तथा सुरक्षा गठबन्धनमा सहभागी हुनपर्ने खालका बुझाईहरु पनि देखापरेका छन्। त्यस विषयलाई यसरी सम्बोधन गरिँदैछ- 'कम्प्याक्टको सन्दर्भमा, कम्प्याक्टको पक्ष भएसँगै नेपाल संयुक्त राज्य अमेरिकाको (वा रहेको) इन्डो–प्यासिफिक स्ट्राटेजी लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा सहभागी हुने वा त्यस्तो गठबन्धमा कुनै पनि किसिमबाट बाँधिने छैन भन्ने घोषणा गर्दछ।' 

यो सम्झौतापछि नेपाल, अमेरिकाले आगामी दिनमा ल्याउन सक्ने कानुनमा समेत जकडिने खालका भ्रमहरु फैलिरहेका छन्। त्यसलाई स्पष्ट पार्न भनिएको छ- 'कम्प्याक्टको दफा २.७ को सन्दर्भमा, कम्प्याक्टको दफा २.७ को उद्देश्य एमसिसी अनुदानको प्रयोगको सन्दर्भमा मात्र लागू हुन्छ भन्ने बुझाई नेपालको हो र उक्त प्रावधानले एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि प्रयोजनका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानुन वा नीतिहरुको पालना गर्न नेपाल बाध्य छैन र पर्दैन।'

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी 'एमसीसीको दफा ३.२ (च) को सन्दर्भमा, कम्प्याक्टको दफा ३.२ (च) अनुसारको बौद्धिक सम्पत्तिउपर एमसीसीको स्वामित्व रहने छैन' भन्ने घोषणा  पनि गरिने बताइएको छ। साथै कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सबै बौद्धिक सम्पत्तिहरु उपर नेपालको स्वामित्व रहने छ र त्यसको पूर्ण उपभोग नेपालले गर्न सक्ने छ भनेर स्पष्ट पारिनेछ।

नेपालमै लेखा परीक्षण
एमसीसी सम्झौताअनुसार आउने आर्थिक सहयोगको लेखा परीक्षण नेपालले गर्न नपाउने तर्क एक पक्षको छ। यस विषयमा दलहरुले साझा धारणा यसरी तय गर्नेछन्, 'कम्प्याक्टको दफा ३.८ (क) को सन्दर्भमा,  एमसीए-नेपालको सबै गतिविधि तथा कोषको लेखा परीक्षण प्रचलित नेपाल कानुन अनुरुप महालेखा परीक्षकबाट हुनेछ भन्ने घोषणा गर्दछ।'

कानुनका विषयमा थप प्रष्टता
सम्झौता अनुमोदन भएपछि नेपाली कानुन आकर्षित नहुने बुझाइलाई पनि स्पष्ट पारिएको छ। त्यहाँ भनिएको छ- 'एमसीसीको दफा ५.१ (क) को सन्दर्भमा, नेपाल पक्ष, कम्प्याक्ट वा कम्प्याक्ट अन्तर्गतका गतिविधि/कार्यक्रमहरुले नेपालको कानुन वा नीतिहरुको उल्लंघन गरेमा तीस (३०) दिनको लिखित सूचना दिएर कम्प्याक्ट वा एमसीसी अनुदान खारेज गर्ने अधिकार नेपाल सरकारसँग रहेको घोषणा गर्दछ।'

यो पनि पढ्नुहोस्

एमसीसीसँगै संकल्प प्रस्तावमार्फत् व्याख्यात्मक घोषणा पास गर्नेमा सत्ता गठबन्धन सहमति नजिकशनिबार, फागुन १४, २०७८

यसैगरी, नेपालको संविधान कम्प्याक्टभन्दा माथि छ, रहने छ भन्ने घोषणा समेत त्यहाँ गरिनेछ। कम्प्याक्टको दफा ७.१ को सन्दर्भमा भन्दै यसलाई प्रष्ट पारिएको छ। कम्प्याक्ट र कम्प्याक्ट अन्तर्गतका कार्यक्रमहरु/परियोजनाहरु नेपालको प्रचलित कानुन र कम्प्याक्ट बमोजिम हुने घोषणा समेत व्याख्यात्मक घोषणामा हुनेछ। 

त्यसैगरी, एमसीसीको दफा ८.१ को सन्दर्भमा विद्युत प्रसारण आयोजना लगायतका सबै चल तथा अचल सम्पत्तिहरु, आयोजनासँग सम्बन्धित जग्गाहरु नेपाल सरकार वा नेपाल सरकारका निकायहरुको स्वामित्वमा रहने समेत घोषणाको मस्यौदामा उल्लेख छ। 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्