• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी स्वीकार्न सत्ता गठबन्धनमा नयाँ छलफल, सम्झौतासँगै संसद्‌बाट ‘व्याख्यात्मक घोषणा’ पास गर्ने तयारी

64x64
डिबी खड्का मंगलबार, फागुन १०, २०७८  १४:२१
1140x725

काठमाडौं- अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताले सत्ता गठबन्धनमा पर्न थालेको संकट टार्न नयाँ विकल्पमा छलफल थालिएको छ। सोमबारदेखि अघि सारिएको एमसीसी सम्झौताको इन्टरप्रिटेटिभ डिक्लेरेसन (व्याख्यात्मक घोषणा)मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले छलफल अघि बढाएका छन्। 

सत्ता गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले परिमार्जन नभई एमसीसी सम्झौता पास गर्न गर्न नसकिने निर्णय गरेपछि यस्तो प्रस्ताव अघि सारिएको हो। कांग्रेसका तर्फबाट अघि सारिएको उक्त प्रस्तावका विषयमा छलफल गर्ने जिम्मा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई दिएका छन्। 

महामन्त्री थापाले एमसीए नेपालसँग यस विषयमा संवाद गरेर सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेको बुझिएको छ। उक्त प्रस्तावपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना विश्वासपात्र, पार्टी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्री र संसदीय दलका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठलाई छलफलका लागि पठाएका थिए। 

सोमबार साँझ महामन्त्री थापा, नेताद्वय झाँक्री र श्रेष्ठका साथै अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहालले छलफल गरेका छन्। उक्त अवधारणाले कानुनी मान्यता पाउने वा नपाउने विषयमा छलफल भएको हो। 

एमसीसीका प्रतिनिधिले यसअघि नै यससँग सम्बन्धित दुईटा कानुन रहेको नेपालका दलहरुलाई जानकारी गराइ सकेका छन्। दलहरु सहमत भए अन्तर्राष्ट्रिय रुपमा त्यसको वैधानिकता रहने उनीहरुले संकेत गरेका छन्।

स्रोतका अनुसार भियना कन्भेन्सन अन द ल अफ ट्रिटिज र संयुक्त राष्ट्रसंघको इन्टरनेसनल ल कमिसनले सन् २०११ मा सार्वजनिक गरेको गाइडलाइनमा ‘डिक्लेरेटिभ इन्टरप्रिटेसन’को व्यवस्था रहेको व्याख्या छलफलका क्रममा गरिएको छ। यसको फ्रान्स, कोलम्बिया र इजरायलले प्रयोग समेत गरिसकेको उदाहरण समेत पेस भएको थियो। कोलम्बिया र इजरायलबीच भएको एउटा सन्धिमा सन्धिका साथै ‘डिक्लेरेटिभ इन्टरप्रिटेसन’ समेत पास गरिएको छ। 

एमसीसी अनुदान सहायता सम्झौतामा व्याख्यात्मक घोषणा जरुरी भएको, एमसीसीका विषयमा राज्यको स्पष्ट धारणा निर्माण गर्न आवश्यक रहेको र एमसीसी अनुदान सम्झौतालाई लिएर जनस्तरमा व्याप्त चासो, चिन्ता, आशंका आदि रहेकाले राज्यस्तरबाट सम्बोधन गर्न र नेपालको राष्ट्रिय स्वार्थ अनुरुप हुनेगरि कार्यान्वयन गर्न ‘डिक्लेरेटिभ इन्टरप्रिटेसन’ पास गर्नुपर्ने भनिएको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले संशोधन मागेका बुँदामा उनीहरुलाई हुनुपर्ने लागेको कुरा व्याख्यात्मक घोषणामा राखिने गरी यो प्रस्ताव आएको हो। माथिका अन्तर्राष्ट्रिय कानुनअनुसार दुई पक्षमध्ये अनुमोदन गर्ने पक्षले सन्धिका दफामा आफ्नो व्याख्या ‘डिक्लेरेटिभ इन्टरप्रिटेसन’ प्रस्तुत गर्ने व्यवस्था रहेको अघि सारिएको अवधारणामा उल्लेख छ। एमसीसीको हकमा पनि स्पष्ट हुन खोजेको दफामा नेपालका तर्फबाट आफ्नो बुझाइ राखेर घोषणा गर्न सकिने बताइएको छ।

Ncell 2
Ncell 2

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौतामा लेखिएका र व्याख्यात्मक घोषणामा उल्लेखित प्रावधान र सम्झौतासँग सम्बन्धित विषय बाहेक अन्य कुनै पनि विषयमा नेपाल काम गर्न बाध्य नहुने कुरा समेत संसद्‌बाट पास गर्नुपर्ने अवधारणामा उल्लेख छ। 

सम्झौताको कार्यान्वयन उक्त घोषणाअनुसार भए-नभएको अनुगमन गर्न सँगै संसदीय अनुगमन विशेष समिति पनि बनाउने प्रस्ताव गरिएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत एक एमसीसी परियोजना निरिीक्षण उपसमिति गठन गर्ने प्रस्तावमा छ। 

उक्त उपसमितिले सम्झौता कार्यान्वयनका सन्दर्भमा भएको प्रगति विवरण एमसीए नेपालले नियमित रुपमा प्रत्येक ३ महिनामा संसदीय समितिलाई जानकारी गराउने भनिएको छ। समितिले एमसीए नेपाललाई नागरिक गुनासो व्यवस्थापन प्रणाली लागू गर्न निर्देशन दिनुका साथै मासिक खर्च र भौतिक प्रगतिको समेत अनुगमन गर्न सक्ने बताइएको छ। 

परियोजना सञ्चालन गर्दा नेपाल वा नेपालको राष्ट्रिय हितलाई नोक्सान हुने देखेमा नेपालले जुनसुकै समयमा ३० दिनको समयसीमा दिएर सम्झौता रद्द गर्नसक्ने समेत उक्त घोषणामा उल्लेख गर्ने प्रस्ताव अघि सारिएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई उक्त लिखित प्रस्ताव पठाइसकिएको छ। प्रस्तावमाथि अध्ययन गरेर निष्कर्ष निकाल्ने जिम्मा गठबन्धन दलका नेताहरुले आ-आफ्ना कानुनी सल्लाहकारहरुलाई दिएका छन्। 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन पार्टी विभाजनपछि सानेपामा पत्रकार सम्मेलन गर्दै षड्यन्त्र भए प्रतिकार गर्न उत्रिनुपर्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन... शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो उनले भने,’हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएका छौँ। सर्वसम्मत निर्णय गरेर हामीले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यता... शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्न... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्