• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २०, २०८२ Tue, Jun 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
ठेस लागेर लडेको नेपाली क्रिकेटले उठेपछि पनि किन सुधारेन हिँडाइ? यसरी नै लडखडाइ रहे नेपाल टोलीले २०३९ मा विश्वकप जित्ला त?
64x64
दीप सुवेदी बिहीबार, फागुन १२, २०७८  ०७:१२
1140x725

काठमाडौं– बाटोमा हिँड्दा हिँड्दै कहिलेकाहीँ ठेस लाग्न सक्छ। ठेस लाग्दा लड्खडाउनु वा लड्नुलाई अन्यथा लिइँदैन। तर, ठेस लागेर उठ्न सक्ने हिम्मत गर्नुपर्छ। उठेपछि हिँडाइमा सुधार गर्नुपर्छ। 

नेपाली क्रिकेटलाई पनि अहिले ठेस लागेको छ। ओमानमा भएको आईसीसी विश्वकप टी२० ग्लोबल छनोटको अन्तिम खुड्किलो अर्थात् सेमिफाइनलमा नेपाल पछारियो। जबकि, समूह चरणमा एक मात्रै अपराजित राष्ट्र थियो। मंगलबार भएको युएईविरुद्धको त्यही एक खेल थियो, जसले नेपाललाई आठ महिनापछि अस्ट्रेलियामा हुने टी२० विश्वकपमा पुर्‍याउँथ्यो। 

पहिला ब्याटिङ गर्दै युएईले नेपाललाई १७६ रनको विशाल लक्ष्य दियो। नेपाल लक्ष्यको आसपास पनि पुगेन। बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन गरेको नेपाल १८.४ ओभरमा १०७ रनमा अलआउट भयो। 

नेपालको बलिङलाई परम्परागत रूपमा बलियो मानिन्छ। बलिङकै कारण नेपाल पहिलो पटक सन् २०१४ को टी२० विश्वकपमा छनोट भएको थियो र त्यतिबेला मुख्य प्रशिक्षक पुबुदु दासानायके नै थिए। तर, यसपटक अन्तिम खुड्किलोमा बलिङ धर्मरायो। 

ओमान टुरअघि नेपालका प्रशिक्षक, कप्तान र समर्थक सबैको एउटै धारणा थियो– यो पटक नेपालको बलिङ केही कमजोर छ, तर ब्याटिङ सुधारिएको छ। त्यस विपरीत समूह चरणका तीन खेलमा सर्वोत्कृष्ट बलिङ प्रदर्शनले नेपाल विजयी भएको थियो। ब्याटिङ भने बिर्सनलायक भएको थियो।

खराब ब्याटिङका कारण घरेलु टोली ओमानविरुद्ध नेपाल ११७ रनमा नै रोकिएको थियो। तर, बलिङ चम्केपछि ओमानलाई ८२ रनमा अलआउट गरेर जित हात पारेको थियो। क्यानडाविरुद्ध पनि नेपालको बलिङ चम्कियो। पहिला फिल्डिङ गरेको क्यानडालाई नेपालले ८० रनमै रोकेको थियो।

तर, समूह चरणमा गरेको त्यो प्रदर्शन मंगलबारको महत्वपूर्ण खेलमा कायम रहन सकेन। टस जितेर युएई पहिला ब्याटिङमा उत्रिँदा नेपाली बलर निरिह भए। ओपनरद्वय मोहम्मद वासिम र युवा विकेटकिपर तथा ब्याटर वृत्य अरविन्दले जमेर रन बनाए।

उनीहरुले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दा नेपाली खेलाडी मैदानमा हतास देखिएका थिए। प्रशिक्षक र कप्तानको रणनीति फितलो सावित भएको थियो। पूरा इनिङ्समा आशालाग्दा दायाँ हाते मध्यम तीव्र गतिका बलर अविनाश बोहोरादेखि विश्वका नाम चलेका लिग खेलिसकेका कप्तान सन्दीप लामिछानेसम्म महंगो सावित भए। 

४ ओभर बलिङ गरेका अविनाशले ३ विकेट लिन ४६ रन खर्चिए। मध्यम तीव्र गतिका बलर जितेन्द्र मुखियाले ३ विकेट लिन ३ ओभरमा ३५ रन खर्चिए। बलिङमा सम्हालिन नसकेको नेपाल ब्याटिङमा पनि सुरुदेखि नै विकेट गुमाउन बाध्य भयो।

पारस खड्काको सन्याससँगै उनको स्थान लिने ब्याटरको खोजी हुनु स्वाभाविक थियो। नेपाली खेलाडी र खेललाई नजिकैबाट बुझेको भनिएका प्रशिक्षक पुबुदुले त्यसलाई परिपूर्ति गर्नुपर्ने थियो। तर, ब्याटिङ ‘लाइनअप’मा कहिले कुशल मल्ल त कहिले लोकेश बमको ‘एक्सपेरिमेन्ट’ले टिम सेट हुन सकेन। 

युएईविरुद्धको महत्वपूर्ण खेलमा पनि लोकेश बमलाई ‘पावर प्ले’मा क्रिजमा पठाउने निर्णय गलत सावित भयो। यदि, उनको ठाउँमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्रलाई पठाएको भए निरन्तर विकेट पतनको अवस्था नआउन सक्थ्यो। जसले गर्दा कुशल भुर्तेलले उनकै शैलीको आक्रामक ब्याटिङ गर्न सक्ने संभावना रहन्थ्यो।

हुन त, प्रतियोगिताभरि नेपालका दुई जना ब्याटर मात्रै चले, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी। दीपेन्द्रले चार देश सम्मिलित टी–२० आई सिरिज र टी–२० विश्वकप छनोट दुवै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। उनले चार देश सम्मिलित सिरिजमा ओमानविरुद्ध ७३ रनको अविजित इनिङ्स खेले। त्यसैगरी युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिए। 

विश्वकप छनोट प्रतियोगितामा फिलिपिन्सविरुद्ध करियरकै उत्कृष्ट ८३ रन जोडे। क्यानडाविरुद्ध २७ र युएईविरुद्ध ३८ रन बनाए। कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध १०४ रनको शतकीय इनिङ्स खेले भने क्यानडाविरुद्ध ३४ रन जोडे। आश गरिएका अरु ब्याटर भने चल्न सकेनन्।

नेपाल विश्वकपमा पुग्न नसक्नुको कारण नेपाली टोलीको स्तर बढ्न नसक्नु नै रहेको कप्तान लामिछानेको भनाइ छ। सन् २०१४ पछि नेपालको उही र अन्य टोलीले आफ्नो स्तर बढाउँदा नेपाल पछिल्लो समय खस्किएको उनी बताउँछन्। ‘हरेक राष्ट्रको लेभल बढेकै छ। हामीले आफ्नो लेभल बढाउन अझै बाँकी छ। यसका लागि हामी जिम्मेवार भएर लाग्नुपर्छ,’ उनले खेलपछि भनेका छन्।

वास्तवमा, नेपाली टोली जुन लक्ष्य लिएर विश्वकप छनोटको तयारी गरिरहेको थियो, त्यो पर्याप्त थिएन। डेभ वाट्मोरले नेपाल छोड्नु र नयाँ प्रशिक्षक नियुक्तिमा नेपाल क्रिकेट संघ (क्यान)ले ढिलाइ गर्नुले नेपाली टोलीको तयारी कमजोर भयो। प्रतियोगिताको मुखमा कार्यबाहक प्रशिक्षक नियुक्त गर्ने कि पूर्वप्रशिक्षक पुबुदुलाई नै जिम्मेवारी दिने भन्नेमा क्यानका पदाधिकारी विभाजित थिए। जसोतसो प्रशिक्षक त नियुक्त भए, तर विवादका कारण आधाजसो खेलाडी प्रशिक्षणमा सहभागी नै भएनन्।

खेलाडी वर्गीकरणलाई लिएर सुरु भएको विवादमा क्यानले तत्कालीन कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, बलर कमलसिंह ऐरी र सोमपाल कामीलाई कारबाही गरेको थियो। मल्ललाई कप्तानबाट बर्खास्त गरी सन्दीपलाई नियुक्त गरियो। प्रतियोगिताकै मुखमा विवाद चर्किँदा टिम नै कप्तान लामिछाने र निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल गरी दुई खेमामा बाँडिएको थियो। यही कारण करिब डेढ महिना क्रिकेट प्रायः ठप्प भयो। 

यसैबीच पुबुदु नयाँ प्रशिक्षकको भएर फेरि नेपाल आए। लामो समयपछि उनी नेपाल फर्किँदा बलिङमा केही कमजोरी पक्कै थियो, तर वाट्मोरले ब्याटिङमा केही सुधार गरेका थिए। पहिलाजस्तो ओपनिङ जोडीको समस्या थिएन। ब्याटरहरूको आत्मविश्वास बढेको थियो। यद्यपि, खेलाडीको लय स्थिर रहँदैन। खेल भए सुधार हुन्छ, नभए बिग्रिन्छ। पुबुदुले यसमा नजर अन्दाज गरे। 

उनले ब्याटिङमा खास सुधार गर्नुपर्ने देखेनन्। त्यहीअनुसार भारतबाट दुई नेट बलरसहित फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक रघुराम श्रीनिवास झिकाए। ती कन्सल्ट्यान्टलाई पनि नेपाल आएर काम गर्ने पर्याप्त समय थिएन। विश्वकप छनोटअगाडि भएको चार देशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै पुबुदुको कमजोरी देखियो। उनीले उही परम्परागत शैली अपनाए। विपक्षीलाई कम रनमा रोकेर बलिङकै भरमा खेल जित्ने उनको योजना देखियो। बलरमाथि भर परेर दबाब सिर्जना गर्ने उनको रणनीतिले अन्तिम र महत्त्वपूर्ण खेलमा नेपाल चुक्न पुग्यो।

सन्दीपले भनेकै जस्तै नेपालले खेल्ने अन्य टोलीको स्तर पक्कै बढेको छ। त्यसैअनुसार उनीहरुले प्रशिक्षक नियुक्ति गर्ने र विपक्षी टोलीलाई ध्यान दिएर राम्रो रणनीति बनाउने गरिरहेका छन्। बलियो टोलीविरुद्ध आफू कमजोर नदेखियोस् भनेर उनीहरु ‘ग्रासरुट’ खेलाडीको खोजीमा छन्।

तर, क्यान पदाधिकारी भने खेलस्तर विकास गर्नेभन्दा राजनीति गर्ने र व्यापार चलाउनेमा व्यस्त छन्। उनीहरू ‘आफू अनुकूल चल्ने’ प्रशिक्षकको खोजीमा हुन्छन्। क्यानको असफल नीतिका कारण न खेल जितिएको छ, न त खेलाडी उत्पादन नै भएका छन्।

नेपालले टी२० विश्वकप खेलेको आठ वर्ष भइसकेकाे छ। योबीच नेपाली क्रिकेटमा धेरै ठेस लागे। क्यान प्रतिबन्धमा पनि पर्‍यो। तर, फेरि उठेको नेपाली क्रिकेटले हिँडाइमा सुधार गरेको छैन। त्यसैले अवसर समात्न चुकेको छ। यसरी चलिरहने हो भने पूर्वकप्तानद्वय पारस र ज्ञानेन्द्रले भनेकै जस्तै नेपालले सन् २०३९ मा विश्वकप जित्न सक्षम होला त?

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
करण केसीको आक्रामक ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित मंगलबार, जेठ २०, २०८२
ज्ञानेन्द्र शाहीले भने- ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’ सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डविरुद्ध भुर्तेलको अर्धशतक सोमबार, जेठ १९, २०८२
भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको निर्णय सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको विशाल लक्ष्य सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सरकार र यातायात व्यवसायीबीच ११ सदस्यीय वार्ता कमिटी गठन गर्ने सहमति सोमबार, जेठ १९, २०८२
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा सोमबार, जेठ १९, २०८२
यातायात व्यवसायीसँग वार्ता सुरु सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डविरुद्ध भुर्तेलको अर्धशतक सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्