• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

ठेस लागेर लडेको नेपाली क्रिकेटले उठेपछि पनि किन सुधारेन हिँडाइ?

यसरी नै लडखडाइ रहे नेपाल टोलीले २०३९ मा विश्वकप जित्ला त?
64x64
दीप सुवेदी बिहीबार, फागुन १२, २०७८  ०७:१२
1140x725

काठमाडौं– बाटोमा हिँड्दा हिँड्दै कहिलेकाहीँ ठेस लाग्न सक्छ। ठेस लाग्दा लड्खडाउनु वा लड्नुलाई अन्यथा लिइँदैन। तर, ठेस लागेर उठ्न सक्ने हिम्मत गर्नुपर्छ। उठेपछि हिँडाइमा सुधार गर्नुपर्छ। 

नेपाली क्रिकेटलाई पनि अहिले ठेस लागेको छ। ओमानमा भएको आईसीसी विश्वकप टी२० ग्लोबल छनोटको अन्तिम खुड्किलो अर्थात् सेमिफाइनलमा नेपाल पछारियो। जबकि, समूह चरणमा एक मात्रै अपराजित राष्ट्र थियो। मंगलबार भएको युएईविरुद्धको त्यही एक खेल थियो, जसले नेपाललाई आठ महिनापछि अस्ट्रेलियामा हुने टी२० विश्वकपमा पुर्‍याउँथ्यो। 

पहिला ब्याटिङ गर्दै युएईले नेपाललाई १७६ रनको विशाल लक्ष्य दियो। नेपाल लक्ष्यको आसपास पनि पुगेन। बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन गरेको नेपाल १८.४ ओभरमा १०७ रनमा अलआउट भयो। 

नेपालको बलिङलाई परम्परागत रूपमा बलियो मानिन्छ। बलिङकै कारण नेपाल पहिलो पटक सन् २०१४ को टी२० विश्वकपमा छनोट भएको थियो र त्यतिबेला मुख्य प्रशिक्षक पुबुदु दासानायके नै थिए। तर, यसपटक अन्तिम खुड्किलोमा बलिङ धर्मरायो। 

ओमान टुरअघि नेपालका प्रशिक्षक, कप्तान र समर्थक सबैको एउटै धारणा थियो– यो पटक नेपालको बलिङ केही कमजोर छ, तर ब्याटिङ सुधारिएको छ। त्यस विपरीत समूह चरणका तीन खेलमा सर्वोत्कृष्ट बलिङ प्रदर्शनले नेपाल विजयी भएको थियो। ब्याटिङ भने बिर्सनलायक भएको थियो।

खराब ब्याटिङका कारण घरेलु टोली ओमानविरुद्ध नेपाल ११७ रनमा नै रोकिएको थियो। तर, बलिङ चम्केपछि ओमानलाई ८२ रनमा अलआउट गरेर जित हात पारेको थियो। क्यानडाविरुद्ध पनि नेपालको बलिङ चम्कियो। पहिला फिल्डिङ गरेको क्यानडालाई नेपालले ८० रनमै रोकेको थियो।

तर, समूह चरणमा गरेको त्यो प्रदर्शन मंगलबारको महत्वपूर्ण खेलमा कायम रहन सकेन। टस जितेर युएई पहिला ब्याटिङमा उत्रिँदा नेपाली बलर निरिह भए। ओपनरद्वय मोहम्मद वासिम र युवा विकेटकिपर तथा ब्याटर वृत्य अरविन्दले जमेर रन बनाए।

उनीहरुले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दा नेपाली खेलाडी मैदानमा हतास देखिएका थिए। प्रशिक्षक र कप्तानको रणनीति फितलो सावित भएको थियो। पूरा इनिङ्समा आशालाग्दा दायाँ हाते मध्यम तीव्र गतिका बलर अविनाश बोहोरादेखि विश्वका नाम चलेका लिग खेलिसकेका कप्तान सन्दीप लामिछानेसम्म महंगो सावित भए। 

Ncell 2
Ncell 2
nimb
nimb

४ ओभर बलिङ गरेका अविनाशले ३ विकेट लिन ४६ रन खर्चिए। मध्यम तीव्र गतिका बलर जितेन्द्र मुखियाले ३ विकेट लिन ३ ओभरमा ३५ रन खर्चिए। बलिङमा सम्हालिन नसकेको नेपाल ब्याटिङमा पनि सुरुदेखि नै विकेट गुमाउन बाध्य भयो।

पारस खड्काको सन्याससँगै उनको स्थान लिने ब्याटरको खोजी हुनु स्वाभाविक थियो। नेपाली खेलाडी र खेललाई नजिकैबाट बुझेको भनिएका प्रशिक्षक पुबुदुले त्यसलाई परिपूर्ति गर्नुपर्ने थियो। तर, ब्याटिङ ‘लाइनअप’मा कहिले कुशल मल्ल त कहिले लोकेश बमको ‘एक्सपेरिमेन्ट’ले टिम सेट हुन सकेन। 

युएईविरुद्धको महत्वपूर्ण खेलमा पनि लोकेश बमलाई ‘पावर प्ले’मा क्रिजमा पठाउने निर्णय गलत सावित भयो। यदि, उनको ठाउँमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्रलाई पठाएको भए निरन्तर विकेट पतनको अवस्था नआउन सक्थ्यो। जसले गर्दा कुशल भुर्तेलले उनकै शैलीको आक्रामक ब्याटिङ गर्न सक्ने संभावना रहन्थ्यो।

हुन त, प्रतियोगिताभरि नेपालका दुई जना ब्याटर मात्रै चले, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी। दीपेन्द्रले चार देश सम्मिलित टी–२० आई सिरिज र टी–२० विश्वकप छनोट दुवै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। उनले चार देश सम्मिलित सिरिजमा ओमानविरुद्ध ७३ रनको अविजित इनिङ्स खेले। त्यसैगरी युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिए। 

Xtrem

Xtrem

विश्वकप छनोट प्रतियोगितामा फिलिपिन्सविरुद्ध करियरकै उत्कृष्ट ८३ रन जोडे। क्यानडाविरुद्ध २७ र युएईविरुद्ध ३८ रन बनाए। कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध १०४ रनको शतकीय इनिङ्स खेले भने क्यानडाविरुद्ध ३४ रन जोडे। आश गरिएका अरु ब्याटर भने चल्न सकेनन्।

नेपाल विश्वकपमा पुग्न नसक्नुको कारण नेपाली टोलीको स्तर बढ्न नसक्नु नै रहेको कप्तान लामिछानेको भनाइ छ। सन् २०१४ पछि नेपालको उही र अन्य टोलीले आफ्नो स्तर बढाउँदा नेपाल पछिल्लो समय खस्किएको उनी बताउँछन्। ‘हरेक राष्ट्रको लेभल बढेकै छ। हामीले आफ्नो लेभल बढाउन अझै बाँकी छ। यसका लागि हामी जिम्मेवार भएर लाग्नुपर्छ,’ उनले खेलपछि भनेका छन्।

वास्तवमा, नेपाली टोली जुन लक्ष्य लिएर विश्वकप छनोटको तयारी गरिरहेको थियो, त्यो पर्याप्त थिएन। डेभ वाट्मोरले नेपाल छोड्नु र नयाँ प्रशिक्षक नियुक्तिमा नेपाल क्रिकेट संघ (क्यान)ले ढिलाइ गर्नुले नेपाली टोलीको तयारी कमजोर भयो। प्रतियोगिताको मुखमा कार्यबाहक प्रशिक्षक नियुक्त गर्ने कि पूर्वप्रशिक्षक पुबुदुलाई नै जिम्मेवारी दिने भन्नेमा क्यानका पदाधिकारी विभाजित थिए। जसोतसो प्रशिक्षक त नियुक्त भए, तर विवादका कारण आधाजसो खेलाडी प्रशिक्षणमा सहभागी नै भएनन्।

खेलाडी वर्गीकरणलाई लिएर सुरु भएको विवादमा क्यानले तत्कालीन कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, बलर कमलसिंह ऐरी र सोमपाल कामीलाई कारबाही गरेको थियो। मल्ललाई कप्तानबाट बर्खास्त गरी सन्दीपलाई नियुक्त गरियो। प्रतियोगिताकै मुखमा विवाद चर्किँदा टिम नै कप्तान लामिछाने र निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल गरी दुई खेमामा बाँडिएको थियो। यही कारण करिब डेढ महिना क्रिकेट प्रायः ठप्प भयो। 

यसैबीच पुबुदु नयाँ प्रशिक्षकको भएर फेरि नेपाल आए। लामो समयपछि उनी नेपाल फर्किँदा बलिङमा केही कमजोरी पक्कै थियो, तर वाट्मोरले ब्याटिङमा केही सुधार गरेका थिए। पहिलाजस्तो ओपनिङ जोडीको समस्या थिएन। ब्याटरहरूको आत्मविश्वास बढेको थियो। यद्यपि, खेलाडीको लय स्थिर रहँदैन। खेल भए सुधार हुन्छ, नभए बिग्रिन्छ। पुबुदुले यसमा नजर अन्दाज गरे। 

उनले ब्याटिङमा खास सुधार गर्नुपर्ने देखेनन्। त्यहीअनुसार भारतबाट दुई नेट बलरसहित फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षक रघुराम श्रीनिवास झिकाए। ती कन्सल्ट्यान्टलाई पनि नेपाल आएर काम गर्ने पर्याप्त समय थिएन। विश्वकप छनोटअगाडि भएको चार देशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै पुबुदुको कमजोरी देखियो। उनीले उही परम्परागत शैली अपनाए। विपक्षीलाई कम रनमा रोकेर बलिङकै भरमा खेल जित्ने उनको योजना देखियो। बलरमाथि भर परेर दबाब सिर्जना गर्ने उनको रणनीतिले अन्तिम र महत्त्वपूर्ण खेलमा नेपाल चुक्न पुग्यो।

सन्दीपले भनेकै जस्तै नेपालले खेल्ने अन्य टोलीको स्तर पक्कै बढेको छ। त्यसैअनुसार उनीहरुले प्रशिक्षक नियुक्ति गर्ने र विपक्षी टोलीलाई ध्यान दिएर राम्रो रणनीति बनाउने गरिरहेका छन्। बलियो टोलीविरुद्ध आफू कमजोर नदेखियोस् भनेर उनीहरु ‘ग्रासरुट’ खेलाडीको खोजीमा छन्।

तर, क्यान पदाधिकारी भने खेलस्तर विकास गर्नेभन्दा राजनीति गर्ने र व्यापार चलाउनेमा व्यस्त छन्। उनीहरू ‘आफू अनुकूल चल्ने’ प्रशिक्षकको खोजीमा हुन्छन्। क्यानको असफल नीतिका कारण न खेल जितिएको छ, न त खेलाडी उत्पादन नै भएका छन्।

नेपालले टी२० विश्वकप खेलेको आठ वर्ष भइसकेकाे छ। योबीच नेपाली क्रिकेटमा धेरै ठेस लागे। क्यान प्रतिबन्धमा पनि पर्‍यो। तर, फेरि उठेको नेपाली क्रिकेटले हिँडाइमा सुधार गरेको छैन। त्यसैले अवसर समात्न चुकेको छ। यसरी चलिरहने हो भने पूर्वकप्तानद्वय पारस र ज्ञानेन्द्रले भनेकै जस्तै नेपालले सन् २०३९ मा विश्वकप जित्न सक्षम होला त?

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्