काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ।
सोमबार सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक ओलीलाई नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धनमार्फत् बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा योगदान पुर्याएको भन्दै उक्त पदक प्रदान गरिएको हो।
ओली यो पदक प्राप्त गर्ने पहिलो नेपाली भएको नेपाल स्काउट राष्ट्रिय समितिका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।