काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनलाई लक्षित गर्दै आफ्ना नेता कार्यकर्तालाई स्थानीय गाउँ टोलमा रहेका धामी झाँक्री, शिक्षक, कर्मचारीलगायत समाजका प्रतिष्ठित व्यक्तिको राजनीतिक झुकाव पत्ता लगाइ समस्या समाधानमा लाग्न निर्देशन दिएको छ।
स्थानीय निर्वाचन जित्न स्थानीय समस्यालाई पहिचहान गरी चुनाव जित्नेगरी ‘फिल्ड’ खटिन नेता कार्यकर्तालाई निर्देशन दिएको हो।
पार्टीको सर्कुलर जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पालिकादेखि वडासम्म लोकप्रिय उम्मेदवारको ‘रोस्टर’ बनाएर निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्। पार्टीको नगर,पालिका समितिको बैठक फागुन १५ गतेभित्र बसेर कार्ययोजना बनाउन उनले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।