काठमाडौं– नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सर्न सक्ने बताइएको छ।
महाधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन गर्नका लागि निर्वाचन समितिले फागुन १५ को समय तोकेको थियो। १६ जिल्लामध्ये केही जिल्लाका नेता संघीय संसद्मा छन्।
संसद्मा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता १६ गतेभित्र टुंगोमा पुग्ने भएकाले सांसदहरू काठमाडौंमा रहनुपर्ने कारणले पुनः अधिवेशन सर्न सक्ने बताइएको छ।
संसद्मा एमसीसीको छिनोफानो गर्न काठमाडौंमा रहँदा जिल्ला अधिवेशनमा सहभागी हुन नसक्ने हुँदा पुनः सार्न आग्रह गरिएको छ।
यसअघि फागुन १३ को लागि तोकिएको अधिवेशन महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले दुई दिन सारिएको थियो। प्रदेश २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहित सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली अधिवेशन हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।