• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी पारित हुन प्रतिनिधि सभाको अंकगणित कति सहज?

64x64
नेपाल लाइभ सोमबार, फागुन ९, २०७८  २०:३९
1140x725

काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता टेबल भएको छ। अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ। त्यससँगै एमसीसी पारित होला वा नहोला भन्ने चर्चा पनि सुरु भइसकेको छ।

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस एमसीसीलाई पारित गर्नुपर्ने पक्षमा छ। सो पार्टी प्रतिपक्षमै हुँदासमेत एमसीसीलाई पारित गर्नुपर्ने बताउँदै आएको थियो। सत्ता पक्षमा हुँदा पनि उनले यो सम्झौता सदनमा टेबल गराउनुलाई आफ्नो कर्तव्य भन्दै आएको छ। अर्कोतिर, यस पार्टीभित्र एमसीसीलाई पारित गर्नुपर्ने एकीकृत धारणा छ। त्यसैले मतदानको बेलामा कांग्रेस सम्झौताको पक्षमा उभिने प्रष्टै छ।

कांग्रेसजस्तै लोकतान्त्रिक समाजवादी पार्टी पनि सम्झौताको पक्षमा छ। जनता समाजवादीको डा बाबुराम भट्टराई पक्षले सम्झौताको पक्षमा बोल्दै आएको छ। उपेन्द्र यादव पक्ष मौन छ। साना दलहरु नेमकिपा तथा राजमोले पनि सम्झौताको विपक्षमा धारणा राख्दै आएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिले एमसीसीको बारेमा बोलेको छैन। प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको उसले एमसीसीलाई निर्णयार्थ प्रस्तुत गरिँदा कस्तो रणनीति अख्तियार गर्ला भन्नेमा धेरैको चासो छ। प्रधानमन्त्री भएका बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी टेबल गर्न निकै प्रयास गरेका थिए। साथै, एमसीसीको विपक्षमा उभिएकाहरुलाई लाञ्छित गरेका थिए। अर्कोतिर, उनकै मन्त्रिपरिषद्ले प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको र उनकै मन्त्रीले दर्ता गरेको सम्झौता भएकाले पनि यसको विपक्षमा उभिन नैतिक संकट छ। तर, एमालेका थुप्रै सांसद्हरु यो सम्झौताको विपक्षमा छन्।

सत्ता गठबन्धनमा रहेका र प्रतिनिधि सभाको अंकगणितलाई पनि प्रभावित पार्न सक्ने दुई दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भूमिका कस्तो रहन्छ, त्यसले एमसीसी अनुमोदनदेखि सत्ता गठबन्धनको भविष्यसम्मलाई प्रभावित पार्नेछ। हुन त ती दुवै दलले गठबन्धन जोगाउनका लागि नै आइतबार प्रतिनिधि सभामा एमसीसी टेबल गर्न सहमति दिएका थिए। तर, सडकमा कार्यकर्ताको प्रदर्शन र प्रतिनिधि सभा बैठकमा सांसद्हरुको विरोधका कारणले पार्टीभित्र विभाजित मत छ र मूलत: एमसीसीको विपक्षमा शक्तिशाली छ भन्न सकिन्छ। त्यसैले उनीहरु विपक्षमै उभिन सक्छन्। अर्कोतिर, सरकारमा पनि बसिराख्ने र सरकारले टेबल गरेको प्रस्तावको विपक्षमा मत दिने कुरा नैतिकपूर्ण होइन। यस कोणबाट उनीहरुले एमसीसी पनि पारित होस् र आफ्नो दलको असहमति पनि दर्ज होस् भन्ने कुनै मध्यमार्गी उपाय खोज्ने सम्भावना पनि प्रबल देखिन्छ।

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी टेबल गर्न सहमति दिएका थिए। तर, कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका तीन सांसद्ले लिखित अहसमति पत्र बुझाए। सडकमा दुवै पार्टीका कार्यकर्ताले आन्दोलन गरे। अर्कोतिर, उनीहरु दुवैले एमसीसी पास नगर्ने निर्णय गरिसकेका छन्। त्यसैले आगामी दिनमा उनीहरुले कस्तो रणनीति अख्तियार गर्लान् भन्ने अन्योल छ।

त्यसो त, सुरुवातमा विरोध जनाउने, आफ्नो मागमा अडान राख्ने र अन्तिममा लचक हुने नेपाली नेताहरुको शैली रहँदै आएको छ। त्यसैले कुनै बहानामा अहिले विरोधमा रहँदै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पनि अन्तिममा एमसीसीकै पक्षमा उभिने आकलन पनि गरिन्छ। कांग्रेस महामन्त्री गगन थापा भन्छन्, 'अन्योल र अलमलका बीच पनि एमसीसी टेबल भएको छ। यसमा छलफल भएर पास हुने दिनसम्ममा अहिले टेबल गर्ने ठाउँसम्म आइपुगेका साथीहरु पनि मतदान गर्ने ठाउँमा आइपुग्नुहुन्छ।'

अंकगणितको सहजता
प्रतिनिधि सभाको खास आकार २७५ सदस्यीय भए पनि माओवादी केन्द्रका चार सांसद् पदमुक्त भएका छन्। त्यसैले अहिले प्रतिनिधि सभामा कायम रहेको सदस्य संख्या २७१ हो। तर, तीमध्ये पनि चार जना निलम्बित भएकाले २६७ जना मात्रै बैठकमा सहभागी हुन पाउँछन्। तीनैमध्ये एकजना सभामुख पनि छन्। उनले पनि सामान्य अवस्थामा मत दिँदैनन्।

nimb
nimb

प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्या २७१ हो। अहिले प्रतिनिधि सभामा एमालेको ९८ जना, नेपाली कांग्रेसको ६३ जना (त्यसमध्ये दुई निलम्बित), नेकपा माओवादी केन्द्रका ४९ जना (त्यसमध्ये एक सभामुख), नेकपा एकीकृत समाजवादीको २३ जना, जनता समाजवादी पार्टीका २० जना (त्यसमध्ये एक जना निलम्बित), लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना (त्यसमध्ये एक निलम्बित), राष्ट्रिय जनमोर्चाको १ जना, नेमकिपाको १ जना, राप्रपाको १ जना र स्वतन्त्र (छक्कबहादुर लामा) १ जना छन्।

मतदानका बेलामा प्रतिनिधि सभाका सबै सांसद् अर्थात् २६७ जना नै उपस्थित भएको अवस्थामा एमसीसी पारित हुनको लागि १३४ जना चाहिन्छ। सत्ता गठबन्धन आबद्ध सबै दलहरुसँग १५२ मत छ। जसमध्ये राजमोले निरन्तर विरोध गर्दै आएको छ। तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विपक्षमा उभिने निर्णय गरिसकेका छन्।

कांग्रेस र एमालेबीच सहमति भएर एमसीसीको पक्षमा मतदान गरेमा उनीहरुसँग १५९ मत पुग्छ। त्यतिबेला अन्य सबै पार्टी विपक्षमा उभिए पनि एमसीसी पारित हुन्छ। प्रष्ट खुलेका कांग्रेस र लोसपासँग ७४ मत छ। प्रतिनिधि सभाको बैठकमा सबै सांसद सहभागी भएको अवस्थामा त्यति मतले एमसीसी पारित हुनसक्दैन।

तर, दलहरुले एमसीसीलाई पारित गराउन चाहे र यसको विपक्षमा देखिने रणनीति पनि अख्तियार गर्न खोजे  पनि त्यसका विकल्पहरु छन्।

एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा ध्वनी मतलाई आधार लिइएमा सत्ता पक्षसँग गठबन्धन बहुमत रहेको आधारमा सहजै पारित हुनसक्छ। तर, प्रतिनिधि सभाको नियमावली २०७५ को नियम २९ अनुसार कम्तीमा २८ जना सांसद्ले मत विभाजन माग गरेमा भने प्रस्ताव पक्षधरले माथिकै अंकगणितको आधारमा बहुमत सिद्ध गर्नुपर्छ।

अर्को विकल्प भनेको, न्यूनतम सांसद मात्रै बैठकमा उपस्थित भएर एमसीसी पारित गर्ने विकल्प हुनसक्छ। संविधानको धारा ९४ अनुसार प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ अर्थात् न्यूनतम ६९ जना मात्र उपस्थित भएर यसबारेमा निर्णय लिन सक्छन्। त्यतिबेला ३५ मात्रै एमसीसीको पक्षमा उभिएमा प्रस्ताव पारित हुनेछ।

यो अवस्थाका लागि कांग्रेससहित थप केही सांसद् उपस्थित भए पुग्छ। कांग्रेसका सबै सांसद् पक्षमा भएकाले ६९ मात्रै उपस्थित भएको अवस्थामा यो प्रस्ताव सहजै पास हुन्छ। तर, विवादित र आम जनताको चासो रहेको यो प्रस्तावमाथि यति न्यून संख्याका सांसद् उपस्थित भएर निर्णय लिने कुरा आफैंमा जोखिमपूर्ण भने हुन्छ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म
सम्बन्धित सामग्री
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप उक्त  कार्यबिधि स्थानीय पत्रपत्रिकालाई पूर्ण रूपमा बन्द गर्ने नियतबस आएको आरोप लागेको छ। शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र शनिबार, भदौ १३, २०८३
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
बुद्ध एयरको राहत घोषणा : भाडा नबढाउनेदेखि राहत सामग्री निःशुल्क ढुवानीसम्म शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्