काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन्।
संसदमा टेबुल भएको एमसीसी र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ। बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको छ।
‘संसदमा टेबुल भएको एमसीसी र स्थानीय चुनावका विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ,’ एक नेताले भने, ‘पार्टी भित्रको अन्य विषयमा पनि छलफल होला।’
आइतबार सरकारले संसदमा एमसीसी टेबल गरेको छ। सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी टेबलको विपक्षमा छन्। सत्ताको नेतृत्वकर्ता कांग्रेस भने एमसीसी पारित गर्ने पक्षमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।