काठमाडौं- नेकपा एमालेले विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ।
सोमबार बसेको एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठकले विभागहरूलाई छिट्टै पूर्णता दिने निर्णय गरेको हो।
बैठकमा महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ-आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए।
बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए।
बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति थियो।
विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।