काठमाडौं- नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा धिरेन्द्र न्यौपाने चयन भएका छन्। अमेरिकामा सम्पन्न साधारण सभाले दुइ वर्षका लागि न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नब निर्वाचित अध्यक्षलगायतले आइतबारबाटै आफ्नो कार्यभार सम्हालिसकेका छन्। नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ़नो टिमले यथाशिघ्र आफ्नो जिम्मेवारी अनुसारको काममा खट्ने प्रतिवद्धता जनाएका छन्।
साधारण सभामा वर्तमान कार्य समितिका अध्यक्ष कृष्ण कंडेलले संस्थापक एवम पूर्व अध्यक्ष, निर्बाचन समितिका पदाधिकारी तथा संस्थाका सल्लाहाकार शालिकरामलाई सम्मान गरेका थिए।
संस्थाको साधारण सभाले आर्थिक प्रतिवेदन पारित गरेको छ भने संस्थाका पूर्व अध्यक्ष देबराज कंडेल, पूर्ण बिक र राज आचार्यले संस्थाको प्रगती र बोर्डबाट भएको राम्रो कामको प्रशंसा गर्दै आगामी कार्यसमितिलाई सफलताको शुभकामना दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।