काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल ब्युँताएका कमल थापाले आगामी निर्वाचनका लागि गाई नै चुनाव चिह्न माग गर्ने निर्णय गरेको छ।
‘राप्रपा नेपाल केन्द्रीय समितिले निर्वाचन आयोगसमक्ष पार्टीको चुनाव चिह्न ‘गाई ’ माग्ने निर्णय गरेको छ’ थापाले भने ‘स्मरण रहोस् विगतमा राप्रपा नेपालको चुनाव चिन्ह ‘गाई’ रहेको थियो।’
राप्रपासँग एकीरकरण भएको राप्रपा नेपाल फेरि ब्युँताएको उनको दाबी भने असंवैधानिक भएको राप्रपा राजेन्द्र लिङ्देन पक्षले गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।