काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले धर्मनिरपेक्षतको खारेजी र हिन्दुराष्ट्रको माग गरेको छ। उक्त दलको केन्द्रीय समितिको बैठकले संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्न माग गरेको छ।
राजसंस्था पुनः स्थापनाको माग छोडेको राप्रपा नेपालले पृथ्वीनारायण शाहका उपदेशलाई मार्गनिर्देशक सिद्धान्त मान्ने भएको छ। सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित ‘सम्बर्द्धनवाद’पार्टीको बैचारिक दर्शन हुने निर्णयमा उल्लेख छ।
प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शिताको परिणामले एमसीसी अनावश्यक विवादमा परेको राप्रपा नेपालको ठहर छ।
राप्रपाले तनहुँका डा. विष्णु भण्डारी र धनुषाका डा. अरुण कुमार सिंहलाई सल्लाहकारमा मनोनित गरेको छ।
बैठकले स्थानीय निकाय निर्वाचन परिचालन समिति, निर्वाचन घोषणा पत्र तयारी समिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।