काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा एमसीसी सम्झौता टेबल गर्दैगर्दा प्रतिनिधि सभाका सांसदहरुले नारावाजी गरेका छन्।
एमसीसीको विरोध गर्दै आइरहेका प्रतिनिधि सभाका सांसदहरुले एमसीसी खारेज गर भन्दै नारावाजी गरेका छन्।
एमालेको अवरोध र सांसदहरुको विरोधकैबीच सञ्चारमन्त्रीले सम्झौता टेबल गरेका छन्।
माओवादी, एकीकृत समाजवादी, जनमोर्चा, मजदुर किसान पार्टीका केही सांसदहरु नै संसद्मा विरोध उत्रिएका हुन्।
झलनाथ खनाल, भीम रावल, दुर्गा पौडेल, प्रेम सुवाल लगायतका सांसद आफ्नो स्थानबाट उठेर नाराबाजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।