काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सदनबाट किन पारित गर्नुपर्ने बाध्यता भयो भन्दै प्रश्न गरेकी छन्।
अमेरिक लगायत विदेशीहरुले गरेको सहयोग ससदबाट पारित गर्न नपर्ने तर एमसीसी किन ससदबाट पारित गर्नुपर्ने भयो भन्दै पौडेलले आपत्ति जनाइन। एमसीसीले धेरै आशंकाहरु उब्जाएकाले सदनबाट पारित गर्न नहुने पौडेलको जोड छ
एमसीसी नेपालको सार्वभौम सत्तालाई असर गर्ने खालको भएको भन्दै देशको सार्वभौम सत्ता पैसासँग साट्न नसकिने उनले बताइन्। संसदमा बोल्दै पौडेलले एमसीसीलाई कुनै हालतमा टेबल गर्न नहुने बताइन।
‘अमेरिकाको ५५ अर्ब सहयोग धेरै ठूलो बजेट होइन। देशमा भएको भ्रष्टाचार न्यूनीकरण गर्ने हो भने त्यति पैसा सजिलै उठ्छ,’ पौडेलले भनिन् ‘अमेरिकाले स्वार्थ राखेको एमसीसी कुनै हालतमा पारित गर्नु हुँदैन। यो देशलाई पैसासंग साट्न सकिँदैन। यो देशको सार्वभौम पैसासंग साट्न सकिँदैन।’
एमसीसी कुनै पनि प्रावधानबाट टेबल गर्न नहुने पौडेलको जिकिर छ। ‘जसरी श्रीलंकाले एमसीसी फिर्ता पठाएको थियो। त्यसरी नै हामीले फिर्ता गर्नुपर्छ,’ पौडेलले भनिन्। यो कसको बलमा एमसीसी ल्याएको भन्दै पौडेलले प्रश्न गरिन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।