काठमाडौं- अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता आइतबारको प्रतिनिधि सभा बैठकमा टेबल हुँदैछ। कार्यसूचीको तेस्रो नम्बरमा यस विषयलाई राखिएको छ।
'मा अर्थमन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compect)' प्रस्तुत गर्नुहुने,' कार्यसूचीमा भनिएको छ।
तर एमसीसीको विरोध गर्दै आएकाहरुले आइतबार पनि विरोध प्रदर्शन कायम राखेका छन्। उनीहरुले निषेधित क्षेत्रसमेत तोडेका छन्। संसद् भवन रहेको नयाँ बानेश्वर परिसरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। जसकारण नयाँ बानेश्वर क्षेत्र रणमैदान जस्तो प्रतीत भएको छ। प्रदर्शनकारीलाई तितरबितर गर्नका लागि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ। साथै पानीको फोहरा पनि प्रहार गरेको छ।
मन्त्रिपरिषद्को २०७५ माघ २५ को निर्णय अनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले २०७६ असार ३० गते प्रतिनिधि सभामा यो सम्झौता टेबल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।