काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा (एमाले) प्रतिनिधि सभा बैठकमा विरोधसँगै र आफ्ना कुरा राख्न थालेको छ।
एमाले नेता भीम रावलले एमसीसीमा विरोध गर्दै बोल्न थालेका छन्। उनले विपक्ष पार्टीले विरोध गरेको बेलामा कसरी यति गम्भीर विषयमा टेबल भयो भन्दै आपत्ति जनाए। उनले एमालेको संसद् अवरोध र प्रमुख दलहरुका बीचमा सहमति नभएको अवस्थामा स्वाधिनता विपरीतको सम्झौता टेबल गर्नु आपत्तिजनक भएको बताए।
प्रतिनिधि सभाको बठकमा सुरुमा एमसीसीको विरोध गर्दै आएका माओवादी केन्द्रका देव गुरुङले बोलेका थिए। उनीपछि रावलले बोलेका हुन्।
उनले संसद्मा कुन कानुन अन्तर्गत एमसीसी पेस भएको हो भनी प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।