काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गरेको अवस्थामा एमसीसी टेबल गर्न नमिल्ने बताएका छन्।
संसद बैठकमा बोल्दै गुरुङले सदन अवरुद्ध भएको अवस्थामा कुनै विधेक र कार्यसूचीहरु पेस हुन नसक्ने भन्दै एमसीसीसमेत पेश गर्न नहुने तर्क गरे।
‘सदन अवरुद्ध भएको अवस्थामा सदन सुचारु हुँदैन भन्ने छ। लोकतान्त्रिक मूल्यमान्यता र विधि पनि हो। कुनै पनि अजेण्डा र कार्यसूचीहरु पेस हुन सक्दैन,’ गुरुङले भने, ‘प्रतिनिधि सभामा झण्डै ४२ विधेयकहरु पाइपलाइनमा छन्। छलफल हुन पाएको छैन। तर, सदन सुचारु नभको अवस्थामा जसरी एमसीसी कार्यसूचीमा आएको छ। हामीले विगतदेखि भन्दै आएका छौं। एमसीसीमा राष्ट्रियहित विपरितका प्राधान राखिएका छन्। त्यसमा परिमाजर्नन गरेर मात्रै पारित गर्नुपर्छ भनेर दलले भन्दै आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।