फाइल तस्बिर।
काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले पनि अवरोध सुरु गरेका छन्। उनीहरुले वेल घेराउ गरिरहेका छन्।
आजको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने कार्यसूची छ। संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा सार्वजनिक सूचना अनुसार आजका तीन कार्यसूचीमध्ये तेस्रो नम्बरमा एमसीसीलाई राखिएको छ।
'मा अर्थमन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compect)' प्रस्तुत गर्नुहुने', कार्यसूचीमा भनिएको छ।
मन्त्रिपरिषद्को २०७५ माघ २५ को निर्णय अनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले २०७६ असार ३० गते प्रतिनिधि सभामा यो सम्झौता टेबल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।