काठमाडौं- आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका तीन सांसद्ले लिखित असहमति पत्र पेस गरेका छन्।
प्रमुख सचेतक देव गुरुङसहित सांसहरु जयपुरी घर्ती र रेखा शर्माले लिखित पत्र बुझाउँदै एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने विषयमा अहसमति जनाएका हुन्।
'राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकोले मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर अहसमति रहेको व्यहोरा अनुरोध गर्दछौँ', पत्रमा भनिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने आजैको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमति दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।