• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

ईपेमेन्टमार्फत् भन्सार विभागले एक महिनामा उठायो ७ अर्ब राजस्व

64x64
नेपाल लाइभ आइतबार, फागुन ८, २०७८  १३:१०
1140x725

काठमाडौं– भन्सार विभागले डिजिटल कारोबारको माध्यमबाट एक महिनामा ७ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। विभागले माघ मसान्तसम्म ७ अर्ब ४ करोड बराबरको राजस्व संकलन गरेको हो। 

डिजिटल संकलनको व्यवस्था १ पुसदेखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको थियो। यद्यपि, अर्थमन्त्री जनार्दन शर्माले माघ १२ गते औपचारिक उद्घाटन गरी देशभरीका सबै भन्सार कार्यालयहरुमा कार्यान्वयन गरिएको थियो।

भन्सार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडी विद्युत्तिय माध्यमबाट संकलनको सुरुवात भएसँगै ईपेमेन्टमार्फत विद्युत्तीय राजस्व संकलनमा उल्लेख्य बृद्धि भएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

नेशनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन्‌रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीचमार्फत रियल टाईममा ३.४ अर्ब र एनसीएचएल–आईपिएसमार्फत नन्‌रियल टाईममा ४ अर्ब बराबरको संकलन भएको विभागले जनाएको छ। 

भुक्तानी गर्नका निम्ती भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणालीबाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिलागरी अनलाइन भुक्तानी गर्नसक्दछन् । यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ । 

भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आईपीएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्दछन्। यो सेवा एनसीएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल/ईन्टरनेट बैंकिङ तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाँडै उपलब्ध हुने बताइएको छ। भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेकमार्फत हुने गरेका थिए। 

देशभरीका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४ प्रतिशत ओगटेको छ भने सरकारी करको हकमा ५० प्रतिशत योगदान गरेको छ। यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवा प्रवाहमा उल्लेखिय सुधार ल्याई विभागको ‘क्यासलेस र फेस लेस’सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त
सम्बन्धित सामग्री
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू प्रत्यक... सोमबार, वैशाख ७, २०८३
Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G Samsung ले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिल... शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडाैंबाट पक्राउ बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्