काठमाडौं– आइतबार बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। शनिबार सार्वजनिक भएको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री देउवाले समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने विषय मात्रै उल्लेख थियो।
तर, आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्मा टेबुल गर्ने सहमति गरेको छ। गठबन्धनको बैठकले एमसीसी टेबुल गर्ने सहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले उक्त विषयलाई पनि कार्यसूचीमा समेट्ने छ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने कार्य व्यवस्थाको वैठकमा उपस्थित नहुने बताएको छ। एमालेले गत असोजदेखि गर्दै आएको विरोधलाई आज बस्ने बैठकमा पनि जारी राख्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।