काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले एमसीसीलाई संसद बैठकमा टेबल गर्न शीर्ष नेताहरुबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन्।
नेपाललाइभसँगको संक्षिप्त प्रतिक्रियामा उनले शीर्ष नेताहरुले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्। ‘यसरी टेबल गर्ने भन्ने कुरामा हाम्रो पार्टीको कुनै निर्णय छैन,’ उनले भने, ‘एमसीसी सम्झौता करार सम्झौता भएको हुनाले संसदमा लैजानै पर्दैन भन्ने हाम्रो भनाइ हो।’
यथास्थितिमा संसदमा टेबल गर्न नसकिने भन्ने पार्टीको निर्णय भएकाले शीर्ष नेताहरुको सहमति आफूलाई स्वीकार्य नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।