काठमाडौं– सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले एमसीसी टेबल गर्ने विषयको विरोध गरेको छ।
एमसीसी संसदबाट पारित नै हुन नहुने अडान भएकाले आफूहरु सहमत नभएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन्।
‘हामी गठबन्धनमा सहभागी भए पनि एमसीसी संसदबाट पारित गर्नु हुँदैन भन्ने अडानमा छौं,’ पौडेलले भनिन्, ‘हामी संसदमा उपस्थित हुन्छौं। एमसीसी टेबल गर्ने विषयमा विरोध जनाउँछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।