काठमाडौं – सत्ता गठबन्धनका नेताहरु एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलहरु एमसीसी संसदमा टेबल गर्न सहमत भएका हुन्। सत्ता गठबन्धन टुट्ने अवस्था आएपछि संसदमा एमसीसी टेबल गर्न मात्रै दिने भन्दै सहमत जनाएका हुन्।
एमसीसी टेबल गर्न कांग्रेसले लामो समयदेखि माओवादी केन्द्र र एकीकृत समाजवादी,जनता समाजवादीलगायत दलहरुमाथि दबाब बढाएको थियो। अन्तमा गठबन्धन नै नरहने स्थिति आएपछि गठबन्धनका अन्य दलहरुले समेत सहमति जनाएका हुन्।
‘हामीले एमसीसी संसदमा टेबल गर्न सहमति जनाएका छौं। यथास्थितिमा एमसीसी पारित गर्न सहमती छैनौं,’ एक माओवादी नेताले भने, ‘गठबन्धन नै टुटने अवस्था आएपछि लचिलो भएका हौ।’
यदि संसदबाटै पारित गर्नुपर्ने अवस्था आएमा पुनः सहमति गरेर जानुपर्ने ती नेताले बताए। एकीकृत समाजवादी पार्टीले शनिबारै एमसीसी टेबल गर्न दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।