काठमाडौं– अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको अनुदान सम्झौता आज (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा टेबल हुने भएको छ।
आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो। गठबन्धनको बैठकमा सहभागी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको बताए।
‘म सवै सञ्चारकर्मीलाई संसद् भवनतर्फ जानका लागि आग्रह गर्दछु। आज एमसीसी सम्झौता संसद्मा टेवल हुन्छ,’ कार्कीले भने ‘संसद्मा गहन रुपमा छलफल हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।