काठमाडौं– नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आज एमसीसीविरुद्ध प्रदर्शन गर्नै भएको छ। पार्टीको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले एमसीसी टेबल गर्न नरोक्ने निर्णय गरे पनि पार्टीनिकट विद्यार्थी संगठन भने विरोधमा उत्रिएको हो।
अनेरास्ववियुले आज एमसीसीका विरुद्धमा काठमाडौंको मीनभवनमा प्रदर्शन गर्ने भएको छ। बिहान ११ बजेदेखि एमसीसीविरुद्ध प्रदर्शन गरिने जनाइएको छ।
आजै ११ बजे बालुवाटारमा बसने सत्तागठबन्धनका शीर्ष नेताबीच सहमति गरेर एमसीसी संसदमा टेबल हुन सक्ने सम्भावना रहेको छ। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। यद्यपि, हिजो सार्वजनिक भएको संसदको कार्यसूचीमा एमसीसी समेटिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।