काठमाडौं– आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचि सार्वजनिक भएको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचिमा आइतबार बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आव २०७७/०७८) पेस गर्ने विषय उल्लेख छ।
राजनीतिक दलहरुबीच तीव्र चर्चा र विवादको विषय बनेको अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता बैठकमा टेबुल हुने विषय भने सम्भावित कार्यसूचिमा परेको छैन।
सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौता संसद्मा टेबुल गरी जतिसक्यो छिटो पारित गर्नुपर्ने बताउँदै आएको छ। सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमै एमसीसी पास गर्न नहुने पक्षमा छन्।
नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले भने एमसीसीलाई संसद्मा टेबल हुन नरोक्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।