काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले विरोधका नाममा हिंसा भड्काउने गतिविधि आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।
उनले नेपालमा हाल एमसीसी सम्झौताका विरुद्धमा भइरहेको प्रदर्शनलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूहरू वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक रहेको उल्लेख गरेका छन्।
'एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ', उनले भनेका छन्, 'तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।