काठमाडौं– नेपाली (कांग्रेस) गण्डकी प्रदेशले कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार कांग्रेसले ३४ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो।
प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रामचन्द्र जोशी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता मधु बास्तोला कार्यसम्पादन समितिमा पदेन सदस्य बनेका छन्।
उक्त समितिमा योगेश गौचन, अजित क्षेत्री, अमृत नेपाली, विमला गौचन, छुपिमाया गुरुङ, ईन्द्रबहादुर महतो, माया राना, अशोक बस्ताकोटी, चिन्तबहादुर घले, ध्रुव शर्मा पँगेनी र पार्वती आचार्य, अर्जुन जोशी, पूर्णबहादुर दाहाल, लक्ष्मी आचार्य, शान्तिरमण वाग्ले, अर्जुन शेरचन, शोभा अधिकारी, सरिता गुरुङ, सीता गुरुङ, प्रकाशचन्द्र दवाडी, सुरज गुरुङ, सीताकुमारी काफ्ले लामिछाने, सीता कुँवर र कविता तिवारी सदस्यमा मनोनित भएका छन्।
सभापति शर्माले वसन्तकुमार श्रेष्ठ कोषाध्यक्षमा मनोनित गरेका छन्। श्रेष्ठ बागलुङका हुन्। प्रदेश सभापति शर्माले १३ जनालाई नयाँ कार्यसमितिमा मनोनित गरेका छन्।
स्याङ्जाका ध्रुव शर्मा पँगेनी, कास्कीका देवेन्द्र केसी, तनहुँका तारा श्रेष्ठ, गोरखाकी रविकला खनाल, म्याग्दीकी अमृता बानियाँ, पर्वतका रामकृष्ण मल्ल, मनाङका चिन्तबहादुर घले, बागलुङकी शकुन्तला शर्मा, मुस्ताङका योगेश गौचन थकाली नवलपुरका द्रोणवन सन्यासी, कास्कीकी संज्ञा पोखरेल, तनहुँका अमृत विक र कास्कीका नारायण बराललाई सदस्यमा मनोनित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।