फाइल तस्बिर।
काठमाडौं– शहरी विकास मन्त्री रामकुमारी झाक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाका लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन्।
उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन्। उनले आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले जे भन्छन् आफ्नो धारणा पनि त्यही हुने बताइन्।
मन्त्री झाक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।