काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ। आइतबार र सोमबार (फागुन ८/९ गते) बस्ने तय भएको बैठक फागुन २० गतेको लागि सरेको हो।
माओवादी केन्द्रले अमेरिकी परियोजना एमसीसी, स्थानिय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न आइतबारका लागि बैठक आह्वान गरेको थियो।
तर, पछिल्लो राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।