काठमाडौं- नेपाली कांग्रेसका सांसद् शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुइटा विकल्प रहेको बताएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै उनले देउवासँग एमसीसी पास गराउने वा सत्ता जोगाउने विकल्प मात्रै रहेको बताए।
'विकल्प उहाँले नै रोज्नुपर्ने हो, कुनचाहिँ रोज्नुहुन्छ। एमसीसी पारित गर्दा गठबन्धन टुट्न सक्ने सम्भावना देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसीसीलाई छोड्नुपर्यो। दुईवटामध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ', कोइरालाले भने।
कोइरालाले एमसीसी पारित गरौँ भन्ने आफ्नो सल्लाह रहेको बताए। 'किनभने ५०० मिलियन डलर भनेको धेरै हो। ट्रान्समिसन लाइनदेखि बाटोसम्मका लागि यति ठूलो अनुदान हत्तपत्त अरु कसैले दिँदैन। यसका पछाडि कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।