फाइल तस्बिर।
काठमाडौं– प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध सुरु गरेको छ।
एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत अनुपस्थित हुने गरेको छ।
आफूहरूले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही नगरेको, सभामुखले पक्षपातपूर्ण भूमिका खेलेको एमालेको आरोप छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।