काठमाडौं– प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन।
कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने एउटा मात्र विषय राखिएको छ। यसअघि शुक्रबार नै बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने विषयमा सहमति हुन सकेको थिएन।
बिहान सभामुख अग्नि सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि सरकारले एमसीसी टेबल गर्ने कुरा उठाएको थियो। तर, कार्य व्यवस्थामा सहभगी माओवादी र अन्य दलका नेताहरुले नमानेपछि कार्यसूचीमा समावेश हुन नसकेको हो।
प्रतिपक्ष नेकपा एमालेले भने संसद् अवरोध जारी राख्ने भन्दै आएको छ। एमाले कार्यव्यवस्था समिति बैठकमा पनि अनुपस्थित रह्यो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।