काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको हलमा जारी बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले भने अनुपस्थित छ।
आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी उपस्थित छन्। ४ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेसँगै जसपा पनिअनुपस्थित थियो।
आजै दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
एमालेले आजको बैठक पनि अवरुद्ध गर्ने भएको छ। ‘हामीले उठाउँदै आएको माग सम्बोधन नभइ संसद् सुचारु हुने अवस्था छैन,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘आज पनि अवरोध कायमै हुन्छ।’
आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै निरन्तर संसद् अवरोध गर्दै आएको एमालेले आज पनि यसलाई निरन्तरता दिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।