काठमाडौं– बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। बिहान १० बजे सुरु भएको बैठकमा एमसीसीका विषयमा छलफल थियो।
बैठकविना निष्कर्ष सकिएको छ। बैठक आइतबार बिहान १० बजे पुनः बस्ने बताइएको छ। बैठक सकिएलगत्तै माअोवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बालुवाटारवाट बाहिरिएका छन्।
बालुवाटार बैठकअघि माओवादी केन्द्र एकीकृत समाजवादी र जसपा नेताहरुले खुमलटारमा छलफल गरेका थिए।
सत्ता गठबन्धनको बैठक बस्नु अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो।
एमसीसी परियोजना टेबुल गर्ने विषयमा नै गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन। उनीहरुले एमसीसी अघि बढाउने विषयमा साझा धारणा बनाउन बिहान बैठक बसेका थिए। उक्त बैठकपछि उनीहरु त्यसको निष्कर्ष सुनाउन सत्ता गठवन्धनको बैठकमा पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।