फाइल तस्बिर
काठमाडौं– सत्ता साझेदार दल माओवादी केन्द्रका भ्रातृ संगठनले आज पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएको छ।
शुक्रबार मध्याह्न १२ बजे माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको एक नेताले बताए।
एमसिसीविरुद्ध नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिने जनाइएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन कांग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका हुन्।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।