काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन्। स्थानीय तहको निर्वाचनका लागि जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी दर्ता भएको आयोगले जनाएको छ।
तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन दल दर्ता प्रक्रिया सुरु भएको हो।
आयोगले दल दर्ता, निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति परिचालन, मतपत्र छपाई र प्रचार सामग्री तयारीको निर्णय गरेको छ।
आयोगको निर्णय


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।