फाइल तस्बिर
काठमाडौं– प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/७८ पेस गर्ने सम्भावित कार्यसूची छ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ। तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।
संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। त्यसले बैठकका कार्यसूची तय गर्नेछ। त्यसअघि आजै बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक बस्दै छ। बैठकले एमसीसीका विषयमा एकीकृत धारणा बनाउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।