• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

पुबुदुमाथि प्रश्न : वाट्मोर–अल्मुताइरी ‘फर्मुला’ पछ्याउने कि २०१४ कै शैलीमा अल्झिरहने?

64x64
दीप सुवेदी शुक्रबार, फागुन ६, २०७८  ०७:०१
1140x725

काठमाडौं- गत असोज अन्तिम साता माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध ३–० ले हारेको नेपाली टोली माघमा पहिलोपल्ट मैदानमा फर्कंदै थियो। प्रतिद्धन्द्धी थियो मरिससको टोली।

पूर्वी अफ्रिकी देशको यो टोली नेपाली फुटबलका लागि नौलो प्रतिस्पर्धी त थियो नै, नेपाली खेलाडीभन्दा शारीरिक र मानसिक रुपमा केही बलियो पनि थियो। त्यसकारण नेपाली टोलीका लागि अनुभव बटुल्ने माध्यम पनि यही खेल थियो। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस खेलका लागि ३४ जना खेलाडीको जम्बो टोली तयार गरेका थिए। सबैको मनमा प्रश्न थियो– ११/११ जना खेल्ने मैदानमा दुई खेलका लागि आखिर ३४ खेलाडी किन?

दुवै खेलमा फरक फरक खेलाडी मैदानमा उतारेर समान १–० को जित दिलाएका अल्मुताइरीले यस्तो नतिजापछि त्यो प्रश्नको उत्तर मात्र दिएनन्। आधुनिक फुटबलमा ‘अट्याकिङ’ खेल्न मैदानमा खेलाडी मात्र भएर हुँदैन, त्यसका लागि ‘ब्याकपअप टोली’ पनि तम्तयार हुनुपर्छ भन्ने ‘अल्मुताइरी फर्मुला’पनि बुझाइदिए। 

यही ‘फर्मुला’ बाट पछिल्लो समय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पबुदु दासानायके पनि प्रभावित भएका छन्। ओमानको मस्कटमा भएको चारदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा उनले ११ खेलाडीलाई मात्र मैदानमा उतारेनन्, यही ‘अल्मुताइरी फर्मुला’को समेत कपि गर्नसमेत भ्याए। तर, त्यसबारे राम्रोसँग नबुझ्दा अल्मुताइरी जतिको सफल भने हुन सकेनन्। 

पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो। तर, अन्तिम तथा निर्णायक खेलमा नेपाल टेस्ट टोली आयरल्यान्डसँग अप्रत्याशित रुपमा १६ रनले हार्न पुग्यो। 

फुटबल र क्रिकेट खेल फरक भएपनि यी तीन विशेषता खुब मिल्छ– ‘रिस्क’, ‘अट्याकिङ’ शैली र खेलाडीको अनुभव। यही विशेषता जानेर सदुपयोग गरे जित निस्किन्छ र नबुझे हार। भयो पनि उस्तै। ३ खेलमा फरक फरक खेलाडी मैदानमा उतारेर ‘रिस्क’ लिँदै ‘अट्याकिङ’ खेलाउने प्रयास गरेका पबुदु सफल त हुन सकेनन्, बरु उनको शैलीमा प्रश्न तेर्सिन थालेको छ– के पबुदुले अरुको ‘फर्मुला’ कपी गरेर पूर्वप्रशिक्षक डेभ वाट्मोरले बनाएको पाइला मेटाउन खोजेका हुन्? 

नेपालमा फुटबलभन्दा निकै पछि चर्चामा आएको भएपनि इतिहास हेर्ने हो भने क्रिकेट सफल मानिन्छ। यसको सफलताको कारण हो, फरक फरक प्रशिक्षकले खन्याएको ज्ञान। यही ज्ञान अष्ट्रेलीयाली प्रशिक्षक वाट्मोरले पनि लगानी गरिसकेका छन्, केही महिना नेपालमा बस्दा। 

२०१४ मा पहिलोपटक विश्वकप खेल्दा नेपालले जुन लय समातेको थियो,  वाट्मोर पछिल्लो पटक नेपाल आउँदा त्यो गुमिसकेको थियो। नेपालको खेल्ने शैली मात्र होइन, टोलीको रणनीतिमा पनि व्यापक भ्वाङ परिसकेको थियो। टोलीमा ओपनरको मात्रै होइन, मध्यक्रमको ब्याटिङ र बलिङमा समेत व्यापक परिवर्तन गर्नुपर्ने खाँचो थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

छोटो समय नेपाल बसेका हाइप्रोफाइल प्रशिक्षक वाट्मोरले क्यानको असहयोगका बाबजुद जति गर्न सक्थे, त्यति भने गरेकै हुन्। वैशाखमा घरेलु मैदानमा सम्पन्न नेदरल्यान्ड्स र मलेसियासम्मिलित तीन देशीय प्रतियोगितामा नेपाली टोलीलाई ब्याटिङ शक्तिमा फर्काएका उनले नेपाली क्रिकेटले भोगिरहेको वर्षौंदेखिको ओपनिङ जोडीको समस्या हल मात्र गरेनन्, मध्यक्रम पनि दरिलो बनाइदिए।

पूर्वकप्तान पारस खड्का घाइते भएको अवस्थामा वाट्मोरले कुशल भुर्तेल र आसिफ शेखलाई ब्याटिङमा ओपनिङ जोडी बनाए। उनीहरूले त्यो सिरिजमा समातेको लयले त्यसयता नेपाली टोलीको जितको मुख्य आशा ब्याटिङ नै बन्दै आएको छ। 

तर, त्यसै समय ब्याटिङ नेपालको मुख्य हतियार बन्दैगर्दा बलरको कमजोरी उदांगिएको थियो। उक्त कमजोरी वाट्मोरले मेट्न पाएनन्। उनको बहिर्गमनसँगै आउने प्रशिक्षकलाई दुई चुनौती थियो, वाट्मोरले बनाएको ‘ब्याटिङ लाइनअप’लाई निरन्तरता दिने र बलिङलाई सुधार्ने। यसका लागि नेपाली खेलबारे चासो राख्ने मात्रै होइन, नेपाली टोलीलाई नजिकैबाट बुझेको प्रशिक्षकको खाँचो थियो। त्यही भएर क्यानले मोन्टी देसाई, अशंखा गुरुसिंहा, ग्रान्ट ब्राडवर्न र रुवान कल्पलाई छाडेर पुबुदुलाई निरन्तरता दिएको हो। 

उनी नेपाल आउँदा २०१४ मा बंगलादेशमा नेपालले विश्वकप खेल्दा टेलिभिजनमा खेल हेरेका सन्दीप लामिछाने, कुशल मल्ल र कुशल भुर्तेलजस्ता खेलाडीले टोलीमा स्थान बनाइसकेका थिए। यता, लोकेश बम, गुल्सन झा र सागर ढकालजस्ता खेलाडी टोलीमा स्थान बनाउन तम्तयार भएर बसेका थिए। तर, उनले प्रशिक्षण दिँदा डिभिजन ५ बाट विश्वकपसम्म पुर्याएका भरपर्दा खेलाडी मानिने बसन्त रेग्मी, पारस खड्का र शक्ति गौचनले भने सन्यास लिइसकेका थिए।

अब बसन्त, पारस र शक्ति पबुदुको साथमा हुने छैनन्। उनले जेजस्ता खेलाडी उपलब्ध छन्, त्यहीअनुसार बलियो टोली बनाएर खेलाउनु पर्नेछ। उनले यसका लागि प्रयाप्त समय पनि नपाएका होइनन्।

तर, शुक्रबारदेखि सुरु हुने विश्वकप छनोटमा बलिया देखिएका यूएई, आयरल्यान्ड र घरेलु टोली ओमानविरुद्धको अभ्यास खेलमा ब्याटिङमा पारस र बलिङमा शक्ति र बसन्त खोज्दा पबुदुले खेल मात्रै होइन, टेस्ट टोलीविरुद्ध इतिहास रच्ने मौका पनि गुमाए।

उनले तीन खेलमध्ये दुई खेलमा कुशल र आसिफको जोडीलाई तोडेर ‘अल्मुताइरी फर्मुला’ ‘एक्सपेरिमेन्ट’ गर्ने प्रयास गरे। कुशल फिट नहुँदा उनको स्थानमा प्रदीपसिंह ऐरी र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ललाई आसिफसँग जोडी बाँध्ने कोसिस गरे। तर, उनीहरुले दुवै खेलमा आसिफलाई सहयोग गर्न भने सकेनन्। यसका साथै ज्ञानेन्द्रलाई कहिले मध्य त कहिले ओपनिङमा झारेर ‘ब्याटिङ अर्डर’ बिगार्दा नेपालले दुई खेलमा नराम्रो पराजय भोग्यो।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराउँदा १ सय ३६ रनको विजयी लक्ष्य १९.३ ओभरमा बल्लतल्ल भेट्टाएको थियो। कुशल फिट नहुँदा उनको स्थानमा खेलेका प्रदीप १४ बलमा चार रन बनाउँदै आउट भए। आसिफ १४ र ज्ञानेन्द्र  १३ रनमा आउट भए। तर, दीपेन्द्र सिंह ऐरीको परिपक्व प्रदर्शन र ७३ रनको इनिङ्सले नेपालले खेल जित्यो। दीपेन्द्र एक्लैले ७३ रन बनाउँदा अन्य पाँच ब्याटरले ६० रन जोडेका थिए। 

यता, दोस्रो खेलमा युएईसँग १ सय ९३ रनको विजयी लक्ष्य पछ्याउँदा नेपालले निर्धारित २० ओभरमा १ सय ६७ रन बनायो। ओपनर आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रन जोड्दै राम्रो सुरुवात दिलाए। तर, मध्यक्रममा दीपेन्द्र र आरिफ शेखले आक्रामक क्रिकेट खेल्न नसक्दा नेपाल पराजित भयो।

आयरल्यान्डसँगको तेस्रो खेलमा पबुदुले पुनः ‘अल्मुताइरी फर्मुला’ अपनाए र ज्ञानेन्द्रलाई मध्यक्रममा झारे। तर, ओपनिङमा कुशल र आसिफले राम्रो सुरुआत दिएपनि अन्यले निरन्तरता दिन सकेनन्। 

टी२० अन्तर्राष्ट्रिय करिअरको दोस्रो खेल खेलेका लोकेश बम ६ रनमा क्याचआउट हुँदा नेपाल ७.२ ओभरमा ५०–३ को अवस्थामा थियो। यस अवस्थाबाट १ सय २८ को लक्ष्य नेपालले सहजै पूरा गर्न सक्थ्यो। तर, त्यसपछि मध्यक्रम सम्हाल्ने जिम्मेवारी पाएका ज्ञानेन्द्र र शरद भेषवाकर पनि चल्न सकेनन्। ज्ञानेन्द्र १२ बलमा ५ र शरद ३ बलमा १ रन बनाएर आउट भए। यी दुई खेलाडीको प्रदर्शन हारको ‘टर्निङ प्वाइन्ट’ बन्यो।

कुनै पनि टोलीले मध्यक्रमका ब्याटरको राम्रो प्रदर्शनविना जित निकाल्न, ठूलो लक्ष्य बनाउन र पूरा गर्न सक्दैनन्। मध्यक्रमका ब्याटरले ओपनरको सुरुआतलाई निरन्तरता दिँदै लक्ष्य पूरा गर्नुपर्ने हो। तर, मध्यक्रम तोडमोड गर्ने र राम्रो रणनीति नबनाउँदा ब्याटिङमा समस्या देखिएको छ। 

विश्वकप छनोट अगाडि खेलेका यी तीनै खेलमा मध्यक्रममा दीपेन्द्रसिंह ऐरीबाहेक अन्यको प्रदर्शन गतिलो भएन। अनुभवी खेलाडी नै नचल्दा अन्य युवा खेलाडी थप दबाबमा पनि देखिन्छन्।

आयरल्यान्डसँगको खेलमा पबुदुले ‘अल्मुताइरी फर्मुला’ नबुझ्दा र राम्रो रणनीति बनाएर हतार नगरी खेलाडीलाई मैदान उतारेको भए सिरिज नजितेपनि खेल जित्न भने अवश्य सकिन्थ्यो। तर, १३औं ओभरमै खेल जित्ने ध्याउन्नले खेल बिग्रेको कप्तान सन्दीपले पनि स्वीकार गरेका छन्। 

‘जितको लागि हामीले धेरै हतार गर्यौं। टी२० क्रिकेटमा सिंगल डबलको महत्व आयरल्यान्डसँगको खेलले सबैलाई बुझाएको छ,’ सन्दीपले हारपछि भने, ‘हामी ब्याटिङमा अझै सिक्नेक्रममा छौं। आयरल्यान्ड भन्ने बित्तिकै हामीले धेरै कुरा सोच्नु पर्ने थिएन। किनभने क्रिकेट भनेको सामान्य कुरा हो। ब्याटरहरुले गल्ती महसुस गर्नुहुनेछ। ब्याटरहरुले सिक्ने कुराहरु धेरै छ।’

खेल कति विकेट र रनले जित्यो भन्दा पनि जित्यो कि जितेन भन्ने कुराले धेरै अर्थ राख्छ। आयरल्यान्डसँगको नतिजाले पनि धेरै अर्थ राख्छ। सिरिजको अन्तिम खेल हुँदा प्रतियोगिताअघि टेस्ट टोलीलाई हराउँदा उच्च मनोबलका साथ छनोटमा थप उत्कृष्ट प्रदर्शन गर्न सक्थ्यो नेपालले। नेपाली टोली विश्वकप छनोटको सेमिफाइनलमा आयरल्यान्डसँग मुकाबिला परे उक्त टोलीलाई मानसिक रुपमा धेरै दबाब थोपर्न सक्थ्यो।

तर, आधुनिक टी२० फर्म्याटमा नेपाली टोलीले १५० भन्दा तलको रनमै संघर्ष गर्नुपर्दा पबुदुमाथि प्रश्न उठ्नु स्वाभाविक हो। किनभने पबुदु राष्ट्रिय टोलीका प्रशिक्षक मात्रै होइनन्, उनी खेलाडीका अविभावकसमेत हुन्। अविभावकले बच्चालाई कुनै ज्ञान नदिइ खेलौना दिए उसले त्यो बिगार्छ, तोडमोड गर्छ। तर, सम्झाइ बुझाइ गरेर त्यसको महत्व बुझाउने हो भने बच्चाले त्यस्तो कार्य दोहोर्याउँदैन। 

अभिभावकले नै खेल र खेलौनाबीच महत्व बुझ्न नसक्ने हो भने कुनैबेला नेदरल्यान्ड्सविरुद्ध नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको इतिहास त मेटिने होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ। तर, पबुदु खेलाडीहरुले गैरजिम्मेवारीपूर्ण खेल खेलेको कारण नतिजा राम्रो नआएको टिप्पणी गर्छन्।

उनी भन्छन्, ‘नेपाली टोलीमा तीन चार जना यस्ता खेलाडी छन् जो आरामले यो प्रतियोगितामा र क्वालिफायरका उत्कृष्ट १० भित्र पर्न सक्छन्। तर, उनीहरुले रन बनाउनुपर्छ। म उनीहरुलाई स्मार्ट बन्न र पाएको सुरुआतलाई बलियो योगफलमा बदल्न भन्नेछु।’

उनले कसैको नाम नलिएपनि उनको संकेत ज्ञानेन्द्र र शरदमाथि हो। उनीहरुले समय समयमा त्यस्तो क्षमता देखाएका पनि छन्। उनीहरुसँग अनुभव छ र त्यो अनुभव टिमलाई आवश्यक छ। यतिखेर झन् धेरै आवश्यक छ। तर, उनीहरुसँग अनुभवसँगै खराब लयको रेकर्ड पनि छ।

शरदको  ‘स्ट्राइक रोटेट’ राम्रो छ। जस्तोसुकै बललाई पनि  ‘स्ट्राइक रोटेट’ गरिरहेका हुन्छन्। तर, आधुनिक क्रिकेटमा यसले कुनै अर्थ राख्दैन। अनुभव छ भन्दैमा तिनैलाई दोहोर्याइ रहनु कप्तान र प्रशिक्षकको कमजोरी हो। त्यसमाथि अनुभव के ज्ञानेन्द्र र शरदको मात्र छ त? दीपेन्द्र, आरिफ, जितेन्द्र, अबिनाशले पनि अनुभवविनै टोलीमा स्थान बनाएका हुन् त? भन्ने प्रश्न पनि उठ्छ। अनुभवसँगै लय पनि महत्वपूर्ण हुन्छ भन्ने बंगलादेशका तमिम इकबाल र भारतका स्पिनर सुरेश रैनालाई हेर्दा पनि प्रष्ट हुन्छ। 

तीन अभ्यास खेल खेल्दा पनि १५ रन कटाउन नसक्नु टी२० खेलका लागि योग्य नरहेको मनन गर्न नसक्नु खेलाडी, कप्तान र प्रशिक्षककै कमजोरी हो। त्यसमाथि पारसको सन्याससँगै नेपाललाई टी२० क्रिकेटमा ३/४ नम्बरमा ‘हेल्थी स्ट्राइक रेटमा’ इनिङ्स खेल्ने खेलाडीको एकदम खाँचो छ। 

नेपाली क्रिकेटमा रोहित पौडेलले यस्तै सम्भावना देखाएका छन्। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणमा चितवन टाइगर्सलाई उपाधि दिलाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका भीम सार्की अर्का उपयुक्त विकल्प हुन सक्थे। उनले ईपीएलमा ७ खेलमा ६ इनिङ्समा ब्याटिङ गर्दै कुल १ सय ९६ रन बनाएका थिए। फाइनलमा भीमले ६३ रन बनाए। 

२ वर्षे सम्झौता गरेका पबुदुले अरुको ‘फर्मुला’ पछ्याउने मात्र होइन, यी र यस्ता खेलाडीलाई खोजी गरेर टी२० क्रिकेट खेल्न सक्ने बनाउनु पनि पर्नेछ। त्यसैले पनि पबुदुमाथि दुई प्रश्न जहिल्यै हुन्छ– वाट्मोर–अल्मुताइरी ‘फर्मुला’ पछ्याउने कि २०१४ कै शैलीमा अल्झिरहने?

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप मंगलबार, भदौ २, २०८३
सरकारको कार्यसम्पादनमाथि हर्कराज राईको आरोप : सहकारी पीडितले पैसा पाएनन्, अस्पतालमा उपचार छैन मंगलबार, भदौ २, २०८३
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्