काठमाडौं– राप्रपा नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ।
आयोगले पार्टीलाई आज प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई कमल थापा अध्यक्ष भएको जनाइएको छ। पत्रमा राजनितिक दल सम्बन्धि ऐन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रिय समिति हेरफेर भएको अध्यावधिक गरी अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिए।
आयोगले पठाएको पत्र आजै पार्टीको केन्द्रीय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापा समक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।