• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसीमा ओलीको ‘संकेत’ निर्णायक

64x64
डिबी खड्का बिहीबार, फागुन ५, २०७८  २१:५०
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठकलगत्तै बिहीबार साँझ प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुग्नु पछिल्लो राजनीतिक विकासक्रममा थप रोचक बनेको छ। बिहीबारको निर्णायक भनिएको सत्ता गठबन्धनको बैठकअघि नै तय भएको कांग्रेसको रणनीतिअनुसार देउवाले यस्तो ‘मुभ’ गरेका हुन्। 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट जसरी पनि अनुमोदन गर्ने दिशामा प्रमुख सत्तारुढ घटक कांग्रेस लागेको छ। सत्ता सहयात्री दलकै सहमतिमा एमसीसी सम्झौता संसदमा टेबल गर्ने चाहना पूरा हुने संकेतहरु कमजोर देखिन थालेपछि प्रधानमन्त्री देउवाले फेरि प्रमुख प्रतिपक्षसँग संवाद अघि बढाएका हुन्। 

बिहीबारको निष्कर्षविहीन बैठकपछि पनि कांग्रेस प्रवक्ता ज्ञानेन्द्र कार्कीले एमसीसी संसदबाट अनुमोदन हुने बाटोमै रहेको बताएका छन्। कार्की गठबन्धनमा मात्रै होइन, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीसँग पनि निरन्तर संवादमा छन्। 

केही दिनदेखि कांग्रेस र एमाले नेताहरुका बीचमा निरन्तर संवाद भइरहेको छ। सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्री देउवाको सन्देशसहित एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद गरिरहेका छन्। यसैगरी, बिहीबार बिहान कांग्रेस नेता मीनेन्द्र रिजाल ओलीलाई भेट्न बालकोट नै पुगेका थिए। त्यसैगरी सूचना, प्रविधि तथा सञ्चारमन्त्री कार्कीले ओलीसँग संवादको सिलसिला निरन्तर कायम राखेका छन्। 

बुधबार सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदमा टेबल गर्नका लागि नयाँ शर्त तेस्र्याएका थिए। दुवै दलले सडकबाट समेत विरोध जनाइरहेकाले कांग्रेसले प्रयास जारी राखेपनि उनीहरु सहमतिमा आउने सम्भावना कम देखेको छ। 

बिहीबारको सत्ता गठबन्धनको बैठकमा सहभागी एक कांग्रेस नेताका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले अत्तो थाप्ने पूर्वानुमान प्रधानमन्त्री देउवाले गरेका थिए। त्यसपछिका मुभका विषयमा आफू निकटस्थ नेताहरुसँग देउवाले छलफल गरेका थिए। ती कांग्रेस नेताले भने, ‘भोलि बिहान १० बजेको बैठक कांग्रेसका कारण राखिएको हो। त्यतिन्जेल प्रमुख प्रतिपक्ष नेकपा एमालेको संकेत बुझिसकिन्छ र अन्य दलको अन्तिम धारणा आइसक्छ।’

सत्ता साझेदारलाई सकेसम्म नचिढाउने
एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन। सत्ता साझेदार दलहरुको साझा धारणा तय भए मात्रै आफ्नो मत प्रकट गर्ने नीति एमालेले अख्तियार गरेको छ। गठबन्धनका कारण निरन्तर हानी ब्यहोरिरहेको एमाले त्यसलाई फुटाउने हतियारका रुपमा यसलाई प्रयोग गर्दैछ। 

बिहीबारको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुमै शुक्रवार एमसीसी टेबल गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए। यसको निर्णय संसदबाट गर्ने बताउँदै दलहरुलाई आफ्नो मत त्यहीँ प्रकट गर्न आग्रह गरेका थिए। देउवाको प्रस्ताव थियो, ‘संसदमा टेबल गरौं। त्यहीँ आ–आफ्ना मत राखौं।’

nimb
nimb

अन्य दलका अप्ठ्यारा बुझेको बताउँदै एमसीसी पास गर्ने कुरामा नभइ टेबल गर्ने कुरामा मात्रै साथ खोजेको देउवाको प्रष्टोक्ति थियो। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी संसदमा टेबल गर्नुअघि त्यहाँ छलफल गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे। उनको भनाइ थियो, ‘प्रमुख प्रतिपक्ष एमाले संसद अवरोध गरिरहेको छ। यस्तो अवस्थामा टेबल गरेर मात्रै कुनै फाइदा छैन। पहिले एमालेलाई मनाऔं।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शुक्रबार नै टेबल नगरी एकदिन आफ्नो पार्टीलाई कुर्न आग्रह गरे। उनको भनाइ थियो, ‘शनिबार हाम्रो पार्टीको बैठक छ। हामी छलफल गरेर टुंगोमा पुग्छौं। त्यसैले त्यतिन्जेल कुर्नपर्‍यो।’ एमालेसँग संवाद बढाएपनि सत्ता साझेदार दलसँग यति चाँडै दूरी बढाउने पक्षमा प्रधानमन्त्री देउवा छैनन्। त्यसकारण नेपाललाई एकदिन समय दिन शुक्रबार एमसीसी टेबल नगर्ने तयारी गरिएको एक कांग्रेस नेताले बताए। प्रचण्डले राखेको प्रस्तावअनुसार प्रतिपक्षलाई संसद सुचारुका लागि मनाउन देउवाले प्रयास गर्नेछन्। ‘अहिल्यै गठबन्धन टुटाउने कांग्रेसको चाहना छैन। एमालेलाई अवरोध हटाउन मनाएर एमसीसी टेबल गर्नु सवैभन्दा सहज उपाय हो। प्रधानमन्त्रीले अहिले त्यही प्रयास गरिरहनुभएको छ,’ ती नेताले भने। 

ओलीको संकेत निर्णायक
एमालेले आधिकारिक धारणा तय गरेको छैन। एमसीसीका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली नकारात्मक छैनन्। यसअघि प्रधानमन्त्री हुँदा ओलीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न चाहेका थिए। त्यसकारण एमाले एमसीसी सम्झौता संसदमा टेबल गर्ने कुरामा सहमत हुने कांग्रेसको विश्वास छ। 

फागुन १६ गतेको अन्तिम समयसीमा नकटाइ एमसीसी पास गर्नुपर्ने कांग्रेसको बुझाइ छ। एमसीसीका विषयमा निरन्तर रुपमा सकारात्मक र प्रष्ट रहेको कांग्रेसले समय जति घर्कियो, त्यति हानी हुने बुझेको छ। ‘यतिबेला पनि पास गर्न सकिएन भने यो झन् धेरै गिजोलिन्छ, कांग्रेसलाई थप हानी हुन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘यसलाई राष्ट्रघाती सम्झौताका रुपमा भ्रम फैलाएकाले हामी ‘राष्ट्रघाती’को कोटीमा यसैत्यसै रहन्छौं। पास गरेर पूर्वाधार विकास हुँदा मात्रै भ्रम चिर्न सकिन्छ।’

एमाले अध्यक्ष ओलीले संसद अवरोध नगर्ने संकेत दिएमा शुक्रबार विहान १० बजेको बैठकमा  प्रधानमन्त्री देउवाले फेरि एमसीसी टेबल गर्ने प्रस्ताव गर्नेछन्। एमालेले पुरानै अडान दोहोर्‍याएमा कांग्रेसले आइतबार एमसीसी संसदमा टेबल गर्ने योजना बनाएको छ। प्रधानमन्त्री देउवाको अहिलेसम्मको अपेक्षा चाहिँ एमालेले एमसीसीमा कांग्रेसलाई सघाउँछ भन्ने नै छ। 
 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्