काठमाडौं- शुक्रबार बस्ने प्रतिनिधि सभाकाे बैठककाे सम्भावित कार्यसूची सार्वजनिक भएकाे छ। बिहीबार साँझ बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठक लगत्तै कार्यसूची सार्वजनिक गरिएको हो।
शुक्रबारकाे बैठकका लागि एउटा मात्र कार्यसूची रहेकाे छ। यसअघि पनि सरकारले एमसीसी कार्यसूचीमा राख्न खाेजेकाे थियाे। तर, नेकपा (माओवादी केन्द्र)ले जबर्जस्ती एमसीसी पेस गरे सरकारबाट बाहिरिने लगायतकाे शर्त अघि सारेकाे थियाे।
बालुवाटारमा बसेकाे सत्ता गठबन्धनकाे बैठकमा माओवादी पछि हटेर एमसीसी टेवल गर्ने सहमत नभएपछि शुक्रबार पनि कार्यसूचीमा एमसीसी प्रवेश नहुने देखिएकाे छ।
सभामुख अग्नि सापकाेटाले संसद बैठक अघि छलफलका लागि कार्य व्यवस्थाकाे बैठक ११:३० मा बोलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।