काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ।
अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई लिएर गठबन्धनभित्र तिक्तता बढिरहेका बेला बैठक बसेको हो।
तर, बैठकमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने अनुपस्थित छ। बैठकबारे आफूहरूलाई कुनै जानकारी नदिइएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
‘बैठकबारे हामीलाई कुनै खबर छैन। किन बोलाइएन भन्नेबारे केही जानकारी छैन। हामी बैठकमा छैनौं,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।